प्रधानमन्त्री बिरामी भएकाले संविधानमा ढिलाइ: भट्टराई

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– संविधानसभाअन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रधानमन्त्री सुशील कोइराला baburamबिरामी परेका कारण संविधान निर्माण प्रक्रियामा ढिलाइ भइरहेको बताएका छन् ।
संविधानसभाको रिर्पाेटिङ गरिरहेका पत्रकारसँग सिंहदरबारमा बिहीबार भएको छलफलमा भट्टराईले कोइरालाको अस्वस्थताका कारण विवादित विषयमा सहमति जुटाउन ढिलाइ भएको बताए ।

कोइराला बिरामी भएकै कारण मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहति संविधानसभाबाहिर रहेका दलसँग वार्ता हुन नसकेको उनको भनाइ थियो । यद्यपि समितिले आफ्नो तर्फबाट सहमति जुटाउने प्रयास भने जारी राखेको भट्टराईले बताए ।

‘प्रधामनमन्त्रीको अस्वस्थताका कारण मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसँग छलफल हुन सकेको छैन’, भट्टराईले भने, ‘तर समितिका तर्फबाट सहमति जुटाउने कोसिस जारी छ ।’
उनले अवको केही हप्ता सहमति निर्माणका लागि निर्णायक हुने दाबीसमेत गरे । भावी संविभानका विवादित राज्य पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचनलगायत विषयमा दुई साताभित्र सहमति भइसक्ने दाबी उनको छ ।
भदौ अन्तिमसम्म विवादित विषयमा सहमति कायम गर्नुपर्ने समितिको र असोजको अन्तिम हप्ता मस्यौदा तयार पार्नु पर्ने संविधानसभाको कार्यतालिका छ । भट्टराईले नयाँ बन्ने संविधान पूरानै ढर्राको हुने वा परिवर्तमुखी हुने भन्ने लडाइँ जारी रहेको बताए ।

छलफलमा पत्रकारहरुले कार्यकारी अधिकार बाँडफाड हुनेखालको मिश्रित शासकीय स्वरुप तय नगरी कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने, प्रदेशको संख्या १० भन्दा बढी बनाउन नहुने तथा दलहरुको र सरकारको सम्बन्ध सुधार गरी कसले के छोड्ने भनेर छलफललाई तीव्रता दिन सुझाव दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us