समाचार

माओवादीले सैनिक मञ्चमा झण्डा गाडेर परेड खेल्दा कता थिए कटवाल ?

२०७१ भदौ ४ गते ६:०८

काठमाण्डु, ४ भदौ– पूर्वप्रधानसेनापति रुक्माङगद कटवालको आत्मकथाको चर्चा सेलाएको छैन । उनले आत्मकथामा माओवादी शान्ति प्रक्रियामा आएदेखि आफूलाई प्रचण्डको नेतृत्वको तत्कालिन सरकारले गरेको बर्खास्ती र राष्ट्रपतिले गरेको थमौतीबारे पुस्तकमा चर्चा गरेका छन् । कटवालले आत्मवृत्तान्तमा माओवादीलाई सैनिक मञ्च टुँडिखेलमा परेड खेल्न रोकेको सगर्व उल्लेख...

‘विदेशीको मान्छे’ भन्दै सिटौलालाई महामन्त्रीबाट हटाउने सुशीलको तयारी

२०७१ भदौ ४ गते ४:४९

काठमाण्डु, ४ भदौ– सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका महामन्त्री कृष्णप्रसाद सिटौलाप्रति प्रधानमन्त्री सुशील कोइराला अन्सन्तुष्ट भएका छन् । कोइराला सिटौलासँग किन रुष्ट बनेको भन्ने यकिन कारण भने खुल्न सकेको छैन । तर, पछिल्लो समयमा कोइरालाले सिटौलासँगको दूरी बढाउँदै लगेक छन् ।...

वैद्य माओवादीको मजदुर संगठनमा मारामार

२०७१ भदौ ४ गते ४:२६

काठमाण्डु, ४ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष मोहन वैद्य र सचिव नेतृविक्रम चन्द पक्षबीच विवाद चर्किएको हो । होटल हायतमा व्यवस्थापनले सात मजदुर निष्काशन गरेपछि सोही विषयलाई लिएर विवाद भएको हो...

समातिए चरीका प्रमुख सहयोगी ‘डार्लिङ डन’

२०७१ भदौ ४ गते ३:२२

काठमाण्डु, ४ भदौ– प्रहरी कारबाहीमा मारिएका चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का सहयोगी ‘डार्लिङ’ उपनामले चिनिने अजयकुमार कार्की पक्राउ परेका छन् । २३ वर्षीय डार्लिङले चरीको प्रमुख सहयोगीका रुपमा काम गर्दै आएका थिए । मकवानपुरका स्थायी बासिन्दा उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा...

मलेसियाली मानव संसाधन मन्त्री आज नेपाल आउँदै

२०७१ भदौ ४ गते ३:२०

काठमाण्डु, ४ भदौ– मलेसियाका मानव संसाधनमन्त्री दातुक रिचार्ड रियट जइम आज नेपाल आउँदैछन् । आफ्नो मुलुकमा नेपाली आप्रवासी कामदारको व्यवस्थापनबारे नेपालका उच्च सरकारी अधिकारीसँग छलफल गर्न नौ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आउन लागेका हुन् । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निमन्त्रणामा...

गृहमन्त्रीको आदेश प्रहरीले टेरेन

२०७१ भदौ ४ गते ३:०९

काठमाण्डु, ४ भदौ– गृहमन्त्रीको आदेश पुलिसले टेरेन भन्ने झट्ट सुन्दा अपत्यारिलो लाग्नु स्वभाविक नै हो । किनभने, सम्पूर्ण प्रहरी प्रशासन गृह मन्त्रालयकै मातहतमा हुन्छ । तर, गृहमन्त्री बामदेव गौतमले साउन ११ गते प्रहरीलाई दिएको निर्देशनमा प्रहरीले अहिलेसम्म पनि टेरपुच्छर लगाएको छैन । आफ्नै श्रीमान...

भारतबाट इबोला छिर्न नदिन गड्डाचौकीमा उच्च सतर्कता

२०७१ भदौ ४ गते २:५१

कञ्चनपुर, ४ भदौ– दक्षिण छिमेकी भारतमा इबोला भाइरस देखिएपछि सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकीमा सतर्कता अपनाइएको छ । भौगोलिक दूरीका हिसाबले गड्डाचौकीबाट भारतको राजधानी दिल्ली ३३१ किलोमिटर मात्रै टाढा छ । दिल्लीमा पनि इबोलाको भाइरस देखिएको खबर आएपछि गड्डाचौकी नाकामा अध्यागन कार्यालयमार्फत विशेष सतर्कता अपनाएको...

प्रहरीमा हालीमुहाली चलाउन बामदेवले गरे नियमावली संशोधन

२०७१ भदौ ४ गते २:०५

काठमाण्डु, ४ भदौ– वरिष्ठ प्रहरी अधिकारीहरुको बढुवा गृहमन्त्रीको तजबीजमा सीमित राख्न प्रहरी नियमावली पदोन्नतिसम्बन्धी व्यवस्था संशोधन गरिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमावली संशोधन गरी लोकसेवा आयोग अध्यक्ष संयोजकत्वमा रहने उजुरी पुनरावलोकन समितिको अधिकार कटौती गरेको हो । मन्त्रिपरिषदले ७ एआर्इजी पदमा ९ जना...

न्यायाधीश र सैनिक अधिकारीको भ्रष्टाचार अख्तियारले हेर्ने

२०७१ भदौ ४ गते १:५५

काठमाण्डु, ४ भदौ– संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश र सैनिकले पदमा रहँदा गरेको भ्रष्टाचारबारे उनीहरुको अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत विवाद समाधान उपसमितिको मंगलबार बसेको बैठकमा अख्तियारलाई बलियो बनाउँदै संवैधानिक निकायका पदाधिकारी, न्यायाधीश...

इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल आएका २२ जना निगरानीमा

२०७१ भदौ ४ गते १:५०

काठमाण्डु, ४ भदौ– सरकारले इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ । यसमा दुई जना नेपाली सैनिक पनि रहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ गतेदेखि सञ्चालित हेल्थ डेक्सले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो...

सारीले बाँधेकी छोरी काखबाट बगायो

२०७१ भदौ ४ गते १:४५

बर्दिया, ४ भदौ– ‘सानी छोरीलाई काखमा सारीले बाँधेर राखेकी थिएँ तर बचाउन सकिनँ । पाँच वर्षिया छोरी काखैबाट बगी, सासुससुरालाई पनि बगायो’, किरिया बसेकी राजापुर टपरकी २२ वर्षीया तुलसी खत्रीले रुँदे भनिन्, ‘६ जनाको हाम्रो परिवारमा अहिले तीन जना मात्र बाँचेका छौं ।’ लगातार...

घूस लिँदालिँदै राष्ट्रिय अनुसन्धानका दुई पक्राउ

२०७१ भदौ ३ गते १५:३७

काठमाण्डु, ३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई घूस लिँदै गर्दा मंगलबार पक्राउ गरेको छ । उनीहरुलाई मंगलबार साँझ काठमाण्डुको सिनामंगलस्थित बाजेको सेकुवाबाट ७५ हजार घूससहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक राजन थापा र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us