गृहमन्त्रीको आदेश प्रहरीले टेरेन

काठमाण्डु टुडे २०७१ भदौ ४ गते ३:०९ मा प्रकाशित

काठमाण्डु, ४ भदौ– गृहमन्त्रीको आदेश पुलिसले टेरेन भन्ने झट्ट सुन्दा अपत्यारिलो लाग्नु स्वभाविक नै हो । किनभने, सम्पूर्ण प्रहरी प्रशासन गृह bamdevमन्त्रालयकै मातहतमा हुन्छ ।
तर, गृहमन्त्री बामदेव गौतमले साउन ११ गते प्रहरीलाई दिएको निर्देशनमा प्रहरीले अहिलेसम्म पनि टेरपुच्छर लगाएको छैन ।

आफ्नै श्रीमान र घरपरिवारबाट पीडित इन्दिरा निरौला जति धाउँदा पनि सम्बन्धित निकायबाट न्याय पाउन नसकेपछि गृहमन्त्री गौतमकहाँ पुगेकी थिइन् ।

आफूलाई सिन्धुली जिल्ला दुधौली घर भई सिन्धुपाल्चोक इलाका प्रहरी कार्यालय मेलम्चीमा दरबन्दी भएका श्रीमान् प्रहरी इन्स्पेक्टर चन्द्रबहादुर थापा र उनको घरपरिवारले दिएको सम्पूर्ण पीडा उल्लेख भएको उजुरी उनले गृहमन्त्रीसमक्ष पेस गरेपछि गृहमन्त्रीले तत्काल आवश्यक कारबाही गर्न तोक आदेश दिएका थिए ।

गृहमन्त्रीको तोक आदेश, गृहसचिवको तोक आदेश तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गतको लैगिंक सशक्तिकरण इकाइको तोक आदेशका सम्पूर्ण कागजात पुगेर कैयौंपटक उनी प्रहरी प्रशासनमा पुगे पनि प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको छैन ।

गृह मन्त्रालयले गत जेठ २३ मा प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रमा पीडितले जाहेरी दर्ता गर्न ल्याएमा जाहेरी यथाशीघ्र दर्ता गरी आवश्यक कारबाही अगाडि बढाउनु भनिएको छ ।
बुधबार साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us