काठमाण्डु, ४ भदौ– सरकारले इबोला संक्रमित अफ्रिकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ ।
यसमा दुई जना नेपाली सैनिक पनि रहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ गतेदेखि सञ्चालित हेल्थ डेक्सले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो ।
कसैमा पनि शंकास्पद लक्षण भने देखिएकै छैन । शरीरमा भाइरस प्रवेश गरेको २१ दिनसम्म लक्षण देखिसक्ने हुँदा निगरानीमा राख्नुपनरेको स्वास्थ्यकर्मी बताउँछन् ।
‘तत्काल लक्षण देखिए अस्पताल लगिन्छ, नदेखिए निरन्तर तोकिएको स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घर पठाइन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा बाबुराम मरासिनीले भने ।