घूस लिँदालिँदै राष्ट्रिय अनुसन्धानका दुई पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ ३ गते १५:३७ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई घूस लिँदै गर्दा मंगलबार पक्राउ गरेको छ ।
उनीहरुलाई मंगलबार साँझ काठमाण्डुको सिनामंगलस्थित बाजेको सेकुवाबाट ७५ हजार घूससहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान विभागका प्रहरी निरीक्षक राजन थापा र सहायक निरीक्षक विशेश्वर आचार्य छन् ।

वैदेशिक रोजगारीमा जान जान लागेका एक जनासँग रकम लिँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us