विपिनलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

काठमाण्डु टुडे २०८३ असार १२ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदमा विपिन आचार्यलाई समर्थन थपिँदै गएको छ । महामन्त्री पदको उम्मेदवार रञ्जु दर्शनाले उनलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।

महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै रञ्जुले सो घोषणा गरेका हुन् । उनी विपिनसँगै पत्रकार सम्मेलनमा प्रस्तुत भएकी थिइन् । विपिनले आफूलाई समर्थन गरेकोप्रति रञ्जुलाई आभार प्रकट गरे ।

यसअघि चार महामन्त्रीका उम्मेदवारहरु गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले सामूहिक निर्णय गरेर विपिनलाई समर्थन गर्ने घोषणा गरेका थिए । अर्का उम्मेदवार राजु पाण्डेले पनि उम्मेदवार फिर्ता गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us