मोदीलाई नेपालमा को–कोबाट सुरक्षा थ्रेट ?

काठमाण्डु टुडे २०७१ भदौ ५ गते २:५७ मा प्रकाशित

Modi_20140804032219काठमाण्डु, ५ भदौ– तीन दिन लगातारको बैठकपछि सरकारले सार्क सम्मेलनमा आउने उच्च सुरक्षा जोखिमयुक्त देशका सरकार प्रमुखको सवारीमा सुरक्षाकर्मीक लागि मात्रै दुई दर्जनभन्दा बढी सवारी साधन र करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

सवारीका क्रममा दुईतर्फी सडक खाली गर्ने निर्णय पनि गरिएको छ । उच्च सुरक्षा जोखिमको विश्लेषणभित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई, श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापाक्षे र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद छन् । भुटानका राजना जिग्मेकेशर न्याम्गेल वाङचुक र भाल्दिभ्सका राष्ट्रपति अब्दुल यामेनका लागि पनि उच्च सुरक्षाकै व्यवस्था मिलाइएको छ ।
भारतीय प्रधानमन्त्री मिोदीको नेपाल भ्रमणका क्रममा देखिएका सुरक्षा चुनौती र त्यसबेला गरिएको सुरक्षा व्यवस्थाको समीक्षा गर्दै सार्क सम्मेलनमा पनि भीभीआर्इपीका लागि सुरक्षा चुनौती भएको विश्लेषण गरिएको छ ।
गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा बसेको बैठकले सडकमार्गको सुरक्षालाई नै मुख्य रुपमा ध्यान दिने निर्णय गरेको छ । विशेष सुरक्षा खतराको विश्लेषण गर्दै सकेसम्म सातै देशका सरकार प्रमुख र राष्ट्र प्रमुखको सवारी एकैपटक, एउटै लाइनमा गराउने छलफल भएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले मुख्य चोकमा सवारी रोकेर सर्वसाधारणलाई भेटेको घटनालाई सम्भावित सुरक्षा चुनौतीका रुपमा विश्लेषण गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा गुप्तचर विभागका उच्च अधिकारी सम्मिलित बैठकले भीभीआर्इपी सवारीका बेला सडकका पेटीमा पनि खाली गर्ने निर्णय गरेको छ । भीभीआइपीलाई सडकमा उत्रन र जनतासँग भेट्न नदिने निर्णय बैठकको छ ।
मोदीलाई सुरक्षा ‘थ्रेट’
विशिष्ट विशेष व्यक्तिको सुरक्षा खतरा मूल्याङकन कार्यदलको बैठकले देशभित्रका विभिन्न राजनीतिक समूह, आतंकवादी संगठन र अन्तर्राष्ट्रिय समूहबाट हुनसक्ने सम्भावित गतिविधिलाई समूह विभाजन गरेको थ्रेट आङकलन गरेको थियो ।
स्वदेशीमा नेकपा(माओवादीका अवाञ्छित गतिविधि, ग्रेटर नेपाल पक्षधरको धर्ना(जुलुस, नेपाल स्वाभिमान राष्ट्रिय अभियान नामक संस्थाका सम्भावित विरोध कार्यक्रम, हिन्दूवादीको हिन्दू राज्य कायम गर्न हुने कार्यक्रमहरुलाई पनि थ्रेटमा राखिएको थियो ।
अन्तर्राष्ट्रिय समूहमा भारतीय लोकसभा चुनावका क्रममा मोदीको चुनावी सभामा आतंकवादी संगठन इण्डियन मुजाहुद्दिनजस्ता समूहले गरेका विभिन्न विस्फोटका सन्दर्भमा त्यस्ता विस्तारित गतिविधिबाट हुन सक्ने थ्रेट मुख्य आङकलन गरिएको छ ।

अन्नपूर्ण पाेष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us