विजय कुमारको ‘खुसी’ भदौ २७ मा सार्वजनिक हुने

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ९:०३ मा प्रकाशित

काठमाण्डु, ५ भदौ – चर्चित टक सो प्रस्तोता एवं स्तम्भकार विजय कुमारको पहिलो पुस्तक ‘खुसी’ भदौ २७ गते बजारमा आउने भएको छ ।

Bijakumar-bookविजय कुमारको पुस्तक फाइनप्रिन्टले प्रकाशित गर्दैछ ।

पुस्तकका बारेमा विजय कुमारले भने ( ‘ पहिलो कृती ‘खुसी’ले मलाई लेखनसँग प्रेम गर्ने बानीको विकास गरिदिएको छ । अब लेख्दै जानेछु ।’ पुस्तक लेखनका लागि उनले प्रकाशक फाइनप्रिन्टबाट दुई वर्षअघि नै १० लाख पेस्की लिएका थिए ।

स्पष्ट कुनै विधामा राख्न नसकिने यो पुस्तक संस्मरण, निबन्ध र व्यक्तिचित्रको मीठो सम्मिश्रण भएको फाइनप्रिन्टले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरूमात्र छैनन् साधारण मानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियाँलाई यसरी केलाइएको छ’ विज्ञप्तिमा भनिएको छ । पुस्तकमा युवावस्थामा विपरीत लिङ्गीप्रतिको आकर्षण र त्यसमा लेखकको अनौठो खाले अनुभव पनि छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us