समाचार

एमालेको सचिवालय बैठक जारी

२०८१ फागुन १८ गते १४:४६

काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेको सचिवालय बैठक जारी छ । बैठक ललितुरको च्यासल स्थित एमाले मुख्यालय च्यासलमा केहि बेर अधिमात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन । आजको सचिवालयको बैठकमा अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारको कामकारबाही, संसदमा दर्ता भएको...

बैतडी घटनाः खाना खाँदै गरेका सुरेन्द्रको ढाडमा गोली दागेर हत्या

२०८१ फागुन १८ गते १४:३८

काठमाण्डू, १८ फागुन– बैतडीको दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्ट शनिबार बेलुका खाना खाँदै थिए । जिप चालक विष्ट घर नजिकैको एक होटलमा खाना खाँदै गर्दा उनको ढाडमा गोली दागियो । शनिबार राति करिब ८ बजेको यो घटनाबारे प्रहरीलाई भने ९ बजेतिर जानकारी...

स्ववियु निर्वाचनको तयारीः सातै प्रदेशमा कांग्रेसले खटायो नेता

२०८१ फागुन १८ गते १४:२८

काठमाण्डू, १८ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै सात वटै प्रदेशमा नेता परिचालन गरेको छ । स्ववियु निर्वाचनको आन्तरिक तयारीको स्वरुप पहिलो चरणमा कांग्रेसले सात वटै प्रदेशमा नेता परिचालन गरेको हो ।...

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु, ३ जना घाइते

२०८१ फागुन १८ गते १३:३२

काठमाण्डू, १८ फागुन– झक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख रहेकी छन । उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै...

युवाको चौतर्फी विकासमा सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

२०८१ फागुन १८ गते १३:२६

काठमाण्डू, १८ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन । आज आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अनुशासित र राष्ट्रप्रति...

नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

२०८१ फागुन १८ गते १३:१५

काठमाण्डू, १८ फागुन– आज आइतबार काठमाण्डूको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबिच झडप । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी...

जनयुद्धको बेला जस्तै जनताका पीर मर्का बुझ्नमा केही चुक्यौं: प्रचण्ड

२०८१ फागुन १८ गते १२:५९

काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन । आज आइतबार धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित जनभेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...

सर्वोच्चका कुनै पनि इजलास आज नबस्ने

२०८१ फागुन १८ गते १२:३८

काठमाण्डू, १८ फागुन– आज आईतबार सर्वेच्च अदालत अन्तर्गतका कुनै पनि इजलास नबस्ने भएको छ । नेपालकै पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका सूचना...

धनगढीको सामुदायिक वनमा २ जना मृत फेला

२०८१ फागुन १८ गते १२:३२

काठमाण्डू, १८ फागुन– धनगढीको एक सामुदायिक जंगलमा दुई जना मृत अवस्थामा फेला परेका छन । मृत अवस्थामा फेला पर्नेमा धनगढी उपमहानगरपालिका–१० का अन्दाजी ३२ बर्षका देवल चौधारी र सोही ठाउँका ३४ बर्षका कैदा राना रहेका छन । आज आइतबार बिहान आठ बजे धनगढी उपमाहानगरपालिका–९...

बझाङमा बालिकामाथि जबरजस्ती करणी

२०८१ फागुन १८ गते १०:५९

काठमाण्डू, १८ फागुन– प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक युवकलाई पक्राउ गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय ।रहेका छन । उपाध्यालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।...

आजबाट मौसम सुधार

२०८१ फागुन १८ गते ९:५७

काठमाण्डू, १८ फागुन– आज आइतबारबाट पश्चिमी न्यूनचापीय प्रणलीको प्रभावले दुई दिन सम्म परेको हिउँदे झरी र हिमपात कम भएको छ । यद्यति आज बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी, मधेश, र बागमती प्रदेशका केहि स्थानमा भने हल्लका देखि मध्यम स्तरको बर्षा भईरहेको जल तथा...

एमाले सचिवालय बैठक बस्दै

२०८१ फागुन १८ गते ९:४१

काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालको सचिवालय बैठक बस्दै छ । एमाले सचिवालय बैठक आज आईतबार दिउँसो २ बजे एमालेको मुख्यालय च्यासलमा बस्ने एक नेताले जानकारी दिएका छन । आजको बैठकमा सरकारको कामकारबाही, सरकारले संसदमा दर्ता गराएको अध्यादेश पारित गराउन आइरहेको अवरोधलगायतका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us