काठमाण्डू, १८ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन ।
आज आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्त्व मनन गर्न आग्रह समेत गरेका छन ।
प्रधानमन्त्री ओलीले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गर्दै उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको पनि बताएका छन ।
ओलीले भने, ‘आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता रहेको हुँदा यस कार्यक्रमको महत्त्व मैले मनन गरेको छु, सबैलाई मनन गर्न आग्रह गर्दछु, ‘युवा जगतको चौतर्फी विकासमा सरकार हरसम्भव प्रयोग गर्न प्रतिवद्ध रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।
युवाको विकासका लागि अग्रणी भूमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।’राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकोप्रति आभार व्यक्त गरेका छन ।
ओलीले भने, ‘नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको हो ।
राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भइ एक सच्चा नेपाली नागरिकका रुपमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।’