काठमाण्डू, १८ फागुन– झक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख रहेकी छन । उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते थिए । उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरीएको प्रहरीले जानएको छ ।