काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालको सचिवालय बैठक बस्दै छ । एमाले सचिवालय बैठक आज आईतबार दिउँसो २ बजे एमालेको मुख्यालय च्यासलमा बस्ने एक नेताले जानकारी दिएका छन ।
आजको बैठकमा सरकारको कामकारबाही, सरकारले संसदमा दर्ता गराएको अध्यादेश पारित गराउन आइरहेको अवरोधलगायतका एजेन्डामा छलफल हुने एक नेताले जानकारी दिएका छन ।