समाचार

माधवनारायण-४ का वडाध्यक्ष मुखियाको निधन

२०८१ फागुन १७ गते १४:०५

रौतहट, १७ फागुन– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी ‍दिए । मुखिया नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए...

वडाअध्यक्षका प्रत्यासीसहित एक दर्जन काँग्रेस कार्यकर्ता माओवादी प्रवेश

२०८१ फागुन १७ गते १४:०२

सिरहा, १७ फागुन–गत स्थानीय निर्वाचननमा सिरहाको औरही नगरपालिका–४ का वडा अध्यक्षका प्रत्यासी गंगाराम यादवसहित एक बढी काँग्रेस नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानका क्रममा औरही ४ इटाटारमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल...

शुक्रबारदेखि हराइरहेकी यमकुमारीको शव भेटियो

२०८१ फागुन १७ गते १३:५६

संखुवासभा, १७ फागुन– संखुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा शनिबार महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको प्रहरीले जनाएको छ । यमकुमारी गत शुक्रबार रातिदेखि हराइरहेकी थिइन् । संखुवासभा प्रहरीका डिएसपी दक्ष बस्नेतले यमकुमारीको शव...

ट्रम्प–जेलेनेस्की विवादपछि शंकर पोखरेलः छिमेकीसँगको सम्बन्ध प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ

२०८१ फागुन १७ गते १३:४९

काठमाण्डू, १७ फागुन– एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता तनावपूर्ण बनेको विषयमा प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत त्यसबारे धारणा सार्वजनिक गर्दै पोखरेलले यो प्रकरणले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्ध प्राथमिकतामा राख्नुपर्ने सन्देश...

२९ वर्षीय युवकको हत्या, घटनापछि मृतकका दाजु फरार

२०८१ फागुन १७ गते १३:२९

बुटवल, १७ फागुन–रुपन्देहीको मायादेवी गाउँपालिका–२ दंगचैयामा युवकको हत्या भएको छ । २९ वर्षीय राकेश सिंह लोधको शनिबार बिहान हत्या भएको प्रहरीले जनाएको छ । आफ्नै घरको बरण्डामा शव देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । लोधको निधार र कन्चटमा चोट रहेको रुपन्देही प्रहरी प्रमुख...

रिंकु सदायको घरमा पुगे प्रचण्डः जसरी पनि न्याय दिलाउने प्रतिबद्धता

२०८१ फागुन १७ गते ९:५२

सिरहा, १७ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक बलात्कारका कारण ज्यान गुमाएकी सिरहा, नवराजपुरकी रिंकु सदायको घर पुगेर परिवारका सदस्यसँग भेटेका छन् । हुलाकी राजमार्ग केन्द्रित पार्टीको तराई–मधेस जागरण अभियानका क्रममा शनिबार बिहान नवराजपुर गाउँपालिका–५ भगवतीपुरस्थित रिंकुको घर पुगेर प्रचण्डले जसरी पनि...

ट्रम्पले ह्वाइट हाउसबाट निकालेपछि जेलेनेस्कीले एक्समा लेखेः धन्यवाद अमेरिका

२०८१ फागुन १७ गते ९:२५

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा चर्को भनाभनपछि अपमानजनक रुपमा ह्वाइट हाउसबाट बाहिरिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र ट्रम्पलाई धन्यवाद दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार भएको छलफलमा ट्रम्प र उनका उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । भनाभनपछि टरम्पले ह्वाइट हाउस...

ट्रम्पले जेलेनेस्कीलाई ह्वाइट हासउबाट निकाले

२०८१ फागुन १७ गते ९:१९

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल ह्वाइट हाउस छाड्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आदेश दिएका छन् । ह्वाइट हाउसमा शुक्रबार भएको छलफलमा ट्रम्प र उनका उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । भनाभनपछि ट्रम्पले ह्वाइट हाउस छाड्न जेलेनेस्कीलाई आदेश दिएका हुन् । जेलेनेस्की...

बालेनले ओलीप्रति असन्तुष्टि जनाएपछि शंकर पोखरेलको काउण्टर, बालेनलाई सोधे यस्तो प्रश्न

२०८१ फागुन १७ गते ८:३८

काठमाण्डू, १७ फागुन– एमाले महासचिव शंकर पोखरेलले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गरी कटाक्ष गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसकुबमार्फत बालेन नेतृत्वको काठमाण्डू महानगरपालिकामा किन कोही पनि कार्यकारी अधिकृत जान चाहँदैनन् भन्ने प्रश्न गरे । त्यसमा मेयर साहको ध्यान नगएको...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२०८१ फागुन १७ गते ८:२७

बागलुङ, १७ फागुन– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका९९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६...

मेयर बालेन प्रधानमन्त्री ओलीलाई भने: हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मन्छे हैँ

२०८१ फागुन १६ गते २१:२२

काठमाण्डू, १६ फागुन काठमाण्डू महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन । आज (शुक्रबार) साझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर बालेनले प्रधानमन्त्री ओली लाई यस्तो आग्रह गरेका हुन...

प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला: बालेन

२०८१ फागुन १६ गते २१:११

काठमाण्डू, १६ फागुन काठमाण्डू महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन । आज (शुक्रबार) साझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर बालेनले प्रधानमन्त्री ओली लाई यस्तो आग्रह गरेका हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us