माधवनारायण-४ का वडाध्यक्ष मुखियाको निधन

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १४:०५ मा प्रकाशित

रौतहट, १७ फागुन– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी ‍दिए ।

मुखिया नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us