संखुवासभा, १७ फागुन– संखुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा शनिबार महिलाको शव फेला परेको छ ।
खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको प्रहरीले जनाएको छ ।
यमकुमारी गत शुक्रबार रातिदेखि हराइरहेकी थिइन् ।
संखुवासभा प्रहरीका डिएसपी दक्ष बस्नेतले यमकुमारीको शव घरभन्दा करिब ५ सय मिटर पर फेला परेको जानकारी दिए ।
उनका एक छोरा र एक छोरी तथा श्रीमान छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।