ट्रम्पले जेलेनेस्कीलाई ह्वाइट हासउबाट निकाले

काठमाण्डु टुडे २०८१ फागुन १७ गते ९:१९ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल ह्वाइट हाउस छाड्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आदेश दिएका छन् ।
ह्वाइट हाउसमा शुक्रबार भएको छलफलमा ट्रम्प र उनका उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । भनाभनपछि

ट्रम्पले ह्वाइट हाउस छाड्न जेलेनेस्कीलाई आदेश दिएका हुन् । जेलेनेस्की खनिजसम्बन्धी सम्झौताबारे वार्ता गर्न ट्रम्पकै निम्तोमा ह्वाइट हासउ पुगेका थिए ।

जेलेनेस्कीले रुस–युक्रेन युद्धअघि पनि रुसले युक्रेनी नागरिकलाई मारेर आफनो भूमि अतिक्रमण गर्दै आएको भन्दै बाराक ओबामा, ट्रम्प र जो बाइडेनले त्यसलाई रोक्न पहल नगरेको भन्दै असन्तुष्टि जनाए ।

जवाफमा उपराष्ट्रपछि भान्सले रूस–युक्रेन युद्ध रोक्न राष्ट्रपति ट्रम्पले कूटनीतिक पहल गरिरहेकामा जेलेनेक्सीले धन्यवाद दिनुपर्नेमा उल्टै दोषारोपण गरेको बताए । त्यसपछि तीन जनाबीच भनाभन भयो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सार्वजनिक भएको भिडियोमा ट्रम्पले धेरैपटक ठूलो स्वरमा नबोल्न जेलेनेस्कीलाई चेतावनी दिएको सुनिन्छ ।

भेटघाटमा अप्रिय भनाभनपछि अमेरिकी अधिकारीहरुले जेलेनेस्की र उनको भ्रमण दलका सदस्यहरुलाई ह्वाइट हाउसबाट तत्काल बाहिरिन आदेश दिएका थिए ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार जेलेनेस्की निराश मुद्रामा ह्वाइट हाउसबाट बाहिरिएका छन् । उनी ह्वाइट हाउसबाहिरबाट गाडी चढेर हिंडेको भिडियोमा देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us