नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १३:१५ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– आज आइतबार काठमाण्डूको नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा प्रहरी र प्रर्दशनकारीबिच झडप ।

झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहोराले जानकारी दिएका छन ।

डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us