बझाङमा बालिकामाथि जबरजस्ती करणी

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १०:५९ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– प्रहरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङमा एक युवकलाई पक्राउ गरेको छ ।

बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय ।रहेका छन ।

उपाध्यालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us