सर्वोच्चका कुनै पनि इजलास आज नबस्ने

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– आज आईतबार सर्वेच्च अदालत अन्तर्गतका कुनै पनि इजलास नबस्ने भएको छ ।

नेपालकै पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आइतबार इजलास नबस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले आइतबार सर्वोच्च अदालतका कुनै पनि इजलास नबस्ने निर्णय भएको जानकारी दिएका छन पहिलो महिला न्यायाधीश श्रेष्ठको शुक्रबार निधन भएको थियो ।

उनी ८४ वर्षकी थिइन् । उनी ०६१ वैशाख ३ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । ०६५ जेठ २० मा उनले अवकाश पाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us