धनगढीको सामुदायिक वनमा २ जना मृत फेला

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– धनगढीको एक सामुदायिक जंगलमा दुई जना मृत अवस्थामा फेला परेका छन । मृत अवस्थामा फेला पर्नेमा धनगढी उपमहानगरपालिका–१० का अन्दाजी ३२ बर्षका देवल चौधारी र सोही ठाउँका ३४ बर्षका कैदा राना रहेका छन ।

आज आइतबार बिहान आठ बजे धनगढी उपमाहानगरपालिका–९ गौरी कटानको सालघारी सामुदायिक वनभित्र उनीहरु मृत अवस्थाकमा फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ ।

चौधारी जामुनको रुखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लागाई झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिएका छन ।

यस्तै चौधरी झुन्डिएको रुख भन्दा २० मिटर टाढा राना भुमिमा पल्टोको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us