काठमाण्डु, १६ कात्तिक – पहिचानसहितको संघीयताका लागि दबाब दिन आदिवासी–जनजाति समुदायले आइतबार राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् । जातीय पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान भन्ने नारा सहित ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ घोषणा गरिएको हो । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको घोषणा सभामा...
काठमाण्डु, १६ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका लेखा अधिकृत श्रीराम श्रेष्ठ र कलंकी मालपोत कार्यालयका नायब सुब्बा धरेन्द्रनारायण पौडेल विरुद्ध मुद्धा दायर गरेको छ । अधिकृत श्रेष्ठलाई चितवनमा गाई फार्म सञ्चालन अनुमति दिन सञ्चालकसँग घूस लिदालिदै पक्राउ परेका थिए...
नुवाकोट, १६ कात्तिक – जिल्लाको सुन्दरादेवी गाविसकी एक महिलालाई रेडपाण्डाको छालासहित प्रहरीले पक्राउ गरेको छ । सुन्दरादेवी–२ की ३४ वर्षीया अलैची पाण्डेलाई एक थान रेडपाण्डाको छालासहित शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक प्रकाश शर्माले जानकारी दिए । पाण्डेलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।...
नुवाकोट, १६ कात्तिक – बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा खानीगाउँ–४ बराफेदीका ८० वर्षीय लोकबहादुर थापालाई प्रहरीले गिरफ्तार गरेको छ । छिमेकी ७ वर्षीया बालिकालाई कात्तिक १५ गते अपरान्ह घरमा कोही नभएको समयमा बलत्कारको प्रयास गरेको आरोपमा प्रहरीले सोही दिन बेलुका गिरफ्तार गरेको हो ।...
काठमाण्डु, १६ कात्तिक– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले माफी मागेपछि संसद सुचारु भएको छ । हिन्दू राज्यको माग राख्दै आएको राप्रपा नेपालले उपप्रधान तथा गृहमन्त्रीले शुक्रबार संसदमा गरेको सम्बोधनमा ‘भगवानप्रति अनास्था फैलाएको’, ‘हिन्दू धर्मावलम्बीलाई अपमानजनक अभिव्यक्ति दिएको’ आरोपमा अवरुद्ध ससद मन्त्री गाैतमले माफी मागेपछि...
काठमाण्डु, १६ कात्तिक– एकीकृत माओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चाले संविधान निर्माणमा देखिएका विवादित विषयलाई सहमतिका आधारमा नै अन्तिम निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले सहमतिबिना कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाली काँग्रेस र एमालेसँग पुनः...
भक्तपुर, १६ कात्तिक – उद्योग मन्त्री महेश बस्नेतले देशमा बहुदल आएपछि उद्योग धरासायी बन्दै गएको बताएका छन् । मध्यपुरथिमीस्थित सिवर्ड कलेजले शनिबार आयोजना गरेको विद्यार्थी स्वागत एवम् बिदाइ कार्यक्रममा बोल्दै उनले देशमा बहुदल आएपछि उद्योगको क्षेत्र झन् धरासायी बनेको बताएका हुन् । देशमा बहुदल...
काठमाण्डु, १६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले समावेशी र सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्न प्राज्ञिक निकायलाई आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको २९औँ प्राज्ञसभा (बैठक)लाई आइतबार प्रधानमन्त्री कोइरालाले पठाइएको सन्देशमा सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीताजस्ता ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्ने प्रयासमा सरकार लागिरहेको जनाउँदै...
काठमाण्डु, १६ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच लचकताका साथ संविधानका विवादित विषय समाधान गर्ने सहमति भएको छ । ओली निवास बालकोटमा भएको भेटमा प्रदेश विभाजन लगायतका विषयमा सहमतिमा पुग्न लचकता अपनाउने सहमति भएको हो । भेटवार्तापछि सञ्चारकर्मीलाई...
काठमाण्डु, १६ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालासमक्ष राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालले आगामी संविधानमा धर्मनिरपेक्षतालाई अपरिवर्तनीय धारामा राखी तोकिएको समयमै संविधान जारी गर्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रस्तुत गरेको छ । महासङ्घका प्रतिनिधिहरुले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ख्रिष्टियन समुदायको मृत्यु संस्कारको विषयलाई मध्यनजर गरी उपत्यकालगायत देशभरका...
पर्सा, १६ कात्तिक – वीरगन्ज क्षेत्रमा विगत केही दिनदेखि आतङ्क मच्चाइरहेका भारतीय अपराधी सुनिल सिंह समूहका एक सदस्यलाई गएराति पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारणका २७ वर्षीय रामबाबु साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साहलाई...
घोराही, १६ कात्तिक– तुलसीपुर नगरपालिकाकी पाँच वर्षे एक बालिका बलात्कृत भएकी छिन् । दाङ प्रहरीका अनुसार एक युवकले चुइगम खुवाउन लोभ देखाएर बालिका अपहरण गरेको र घोराही लगेर बलात्कार गरेको बुझिएको छ । बालिकाले आफूलाई चुइगम खुवाउँछु भन्दै ल्याएको बताएकी छिन् । उनलाई छाडेर...