चुइगम खुवाउने लोभ देखाएर रातभर बालिकामाथि बलात्कार

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते ८:१३ मा प्रकाशित

घोराही, १६ कात्तिक– तुलसीपुर नगरपालिकाकी पाँच वर्षे एक बालिका बलात्कृत भएकी छिन् । दाङ प्रहरीका अनुसार एक युवकले चुइगम खुवाउन लोभ देखाएर बालिका अपहरण गरेको र घोराही लगेर बलात्कार गरेको बुझिएको छ ।

बालिकाले आफूलाई चुइगम खुवाउँछु भन्दै ल्याएको बताएकी छिन् । उनलाई छाडेर युवका बिहान भागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बालिकालाई प्रहरीले घोराही बजार नजिकैबाट अचेत अवस्थामा उद्धार गरी उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा भर्ना गरेको छ ।

पाँच वर्षकी बालिका बलात्कार गर्ने व्यक्तिको खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ । घोराही र तुलसीपुर क्षेत्रमा खोजी र अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us