प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गर्ने पक्राउ

काठमाण्डु टुडे २०८३ असार १६ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, १६ असार– प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाण्डू टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले पक्राउ गरेको हो । शेरबहादुरको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्दै पुगेका थिए ।

सोही समयमा करिब ५–६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।

उनीहरूविरुद्ध ७ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुबाट अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us