समाचार

नेपालका सोमपाल कामी एसियन गेम्स टीममा पर्न सफल

२०७१ कार्तिक १५ गते १३:३१

काठमाण्डु, १५ कात्तिक– नेपालका सोमपाल कामी एसियन क्रिकेट काउन्सिल ‘एसीसी’ को एसियन गेम्स टीममा पर्न सफल भएका छन् । एसीसीले शनिबार टिममा कामीलाई मनोनयन गरेको हो । महिला र पुरुष गरी ११ जनाको नाम चयन भएकामा नेपालका सोमपाल परेका हुन् । १८ वर्षीय सोमपाल...

गुल्मीमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

२०७१ कार्तिक १५ गते १३:०७

गुल्मी, १५ कात्तिक – गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मकवानपुरको बसामाडीमा बस दुर्घटना भएको २४ घण्टा नबित्दै रिडीबाट अश्लेवा गाविसतर्फ जाँदै गरेको जीप सडकबाट खस्दा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते १६ मध्ये १३ जनाको अवस्था गम्भीर...

सवारी दुर्घटनामा प्रहरीको ध्यानाकर्षण

२०७१ कार्तिक १५ गते १२:५७

काठमाण्डु, १५ कात्तिक – नेपाल प्रहरीले विगत केही दिनयता देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाबाट भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीद्वारा शनिबार जारी विज्ञप्तिमा देशभर भएका विभिन्न सवारी दुर्घटनाका विविध कारणहरुमध्ये तीव्र...

भोटेकोसीसँग सेयर माग्दै स्थानीय आन्दोलित

२०७१ कार्तिक १५ गते १२:५५

चौतारा, १५ कात्तिक – माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनासँग ३५ प्रतिशत सेयर तथा प्रभावित गाविसले क्षतिपूर्ति पाउनु पर्ने माग गर्दै सिन्धुपाल्चोकको तातोपानीमा शनिबार विरोध कार्यक्रम भएको छ । पन्ध्र वर्षदेखि स्थानीयलाई शोषण गरेको भन्दै जिल्लावासीले सेयर पाउनुपर्ने माग गर्दै पाँच राजनीतिक दलका नेता तथा कार्यकर्ताले...

वनभोज खान गएका तीन युवालाई त्रिशूली नदीले बगायो

२०७१ कार्तिक १५ गते ११:४४

धादिङ, १५ कात्तिक – वनभोज गएका तीन युवा त्रिशूली नदीमा बगेर बेपत्ता भएका छन् । ललितपुरबाट मलेखु वनभोज खान गएका युवालाई पौडी खेल्ने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ रहेका छन् । बेपत्ताको प्रहरी...

कांग्रेस–एमाले ६ प्रदेशमा साना दल फकाउँदै

२०७१ कार्तिक १५ गते ११:३०

काठमाण्डु, १५ कात्तिक – कांग्रेस–एमालेले ६ प्रदेशमा सहमतिमा आउन साना दललाई आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका साना दलसँग भएको छलफलमा कांग्रेस एमालेले ६ प्रदेशमा सहमत हुन आग्रह गरेका हुन् । एकीकृत माओवादी सहितको गठबन्धन पहिचानसहितको संघीयताका...

लेखक–साहित्यकारलाई परिचयपत्र वितरणको तयारी

२०७१ कार्तिक १५ गते ११:११

काठमाण्डु, १५ कात्तिक – नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको...

डेङ्गुबाट इलाममा एकको मृत्यु

२०७१ कार्तिक १५ गते १०:५८

इलाम, १५ कात्तिक – इलामको कोल्बुङमा डेङ्गुको टोकाइबाट एक युवतीको ज्यान गएको छ । डेङ्गुको टोकाइबाट कोल्बुङ–२ की २५ वर्षीय प्रेमकुमारी बराइलीको ज्यान गएको हो । डेङ्गुको टोकाइबाट घाइते भएकी उनको तिहारको भाइटीकाका दिन मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए । घाइते बराइलीलाई...

भारत नेपालमा राजनीतिक स्थिरता र शान्ति चाहन्छ : राजदूत रे

२०७१ कार्तिक १५ गते ९:०८

काठमाण्डु, १५ कात्तिक – नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले नेपालमा राजनीतिक स्थिरता, शान्ति एवम विकास चाहेको बताएका छन् । राजधानीमा आयोजित भारत–नेपाल शिक्षा मैत्री कार्यक्रमको उद्घाटन कार्यक्रममा राजदूत रेले भारत सरकार नेपालको दिगो विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै यहाँको शिक्षा,...

सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन ढिला भयो : मन्त्री रिजाल

२०७१ कार्तिक १५ गते ८:४९

काठमाण्डु, १५ कात्तिक – सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले प्रदेशको रचना बाहेक शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सबै राजनीतिक दलहरुवीच अन्र्तमनमा सहमति भैसकेको भन्दै सहमति भएका विषयलाई मस्यौदा समितिमा पेश गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा नेपालमा ज्यामरुङ्...

संविधान लेखनमा जापानले सघाउने

२०७१ कार्तिक १५ गते ८:२७

काठमाण्डु, १५ कात्तिक– नेपालको संविधान लेखन र लोकतान्त्रिकरणको प्रयासमा सघाउन जापानले सधैँ तत्पर रहेको बताएको छ । जापानी संसद् डायटका सदस्य योसुके सुरुहोको शनिबारदेखि सुरु भएको नेपालको औपचारिक भ्रमणको सन्दर्भमा यहाँस्थित जापानी दूतावासले जारी गरेको वक्तव्यमा जापान सरकार र त्यहाँका जनता नेपालको संविधान र...

संवाद समितिको म्याद फेरि नथप्ने

२०७१ कार्तिक १५ गते ८:०१

काठमाण्डु, १५ कात्तिक – प्रमुख तीन दलले संवैधानिक तथा राजनीतिक संवाद समितिको समय पुन : नथप्ने भएका छन् । शनिबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कार्यकक्षमा बसेको तीन दलका शीर्ष नेता, संवाद समिति सभापति बाबुराम भट्टराई, मस्यौदा समिति सभापति कृष्णप्रसाद सिटौला र सभामुख सुवास नेम्वाङलगायतकाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us