वनभोज खान गएका तीन युवालाई त्रिशूली नदीले बगायो

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते ११:४४ मा प्रकाशित

धादिङ, १५ कात्तिक – वनभोज गएका तीन युवा त्रिशूली नदीमा बगेर बेपत्ता भएका छन् ।

ललितपुरबाट मलेखु वनभोज खान गएका युवालाई पौडी खेल्ने क्रममा नदीले बगाएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा रेमन्त थापा, नलपु राई र सुलभ गुरुङ रहेका छन् । बेपत्ताको प्रहरी र स्थानीयको सहयोगमा खोजी भैरहेको गजुरी प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us