काठमाण्डु, १६ कात्तिक– नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले आजै बस्ने सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने सम्भावना रहेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा व्यापक गिरावट आएपछि नेपालमा पनि...
महोत्तरी– १६ कात्तिक– बसले मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको खयरमारामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही कर्मैया–४ का २८ वर्षीय प्रेमप्रसाद देवकोटा र मोटरसाइकलपछाडि बसेकी नाम, थर नखुलेकी अन्दाजी २६ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
धादिङ, १६ कात्तिक– वर्षौंदेखि गाउँमा मोटर पुर्याउने सपना देखेका दक्षिणी धादिङका महादेवस्थान– ४ लाइपुरका बासिन्दा हिजोआज सडक मर्मतमा व्यस्त छन् । गाउँमा भएको उत्पादन बजारसम्म ल्याउन र बजारबाट खाद्य सामाग्री किनेर गाउँसम्म लैजान पाइने आशामा गाउँले बरडाँडादेखि लाइपुर हुँदै राकासेचौकी जोड्ने ग्रामीण सडक मर्मतमा...
काठमाण्डु, १६ कात्तिक– काभ्रेको उग्रचण्डी नाला– ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ । शनिबार दिउँसो एक बजेबाट भगवतीको शिलामा पसिना आएको मन्दिरका पूजारी सिद्धिबहादुर कर्माचार्यले बताए । शनिबार दिउँसो पहिलोपटक भगवतीको दर्शन गर्न आएकी ललितपुर कुसुन्तीकी मैयादेवी गेलाल भगवतीको शिलामा पसिना...
बझाङ, १६ कात्तिक– बझाङको तल्कोट क्षेत्रस्थित दाँतोला गाविसकी एक १३ वर्षीया बालिकालाई तानेर विवाह गर्न खोज्ने एक युवक जेल पुगेका छन् । बझाङ जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञावलीको एकल ईजलासले बालिकालाई तानेर पत्नी बनाउन खोज्ने रिलु गाविस–२ का २८ वर्षीय धनबहादुर बोहरालाई बिहीबार जेल...
उदयपुर, १६ कात्तिक– चोरी गरेको आरोपमा रौता– ४ नामनतामा शनिबार स्थानीय बासिन्दाले १० वर्षीय बालकलाई यातना दिएका छन् । स्थानीय लालबहादुर मगरको पसलमा चोरी गरेको भन्दै बाबु नभएका दिनेश मगरलाई रातभर यातना दिइएको हो । पसले लालबहादुर मगरसहित दानबहादुर मगर, कमल मसाइली मगर, जयप्रसाद...
काठमाण्डु, १६ कात्तिक– विराटनगरका लागि यात्रु बोकेर शुक्रबार साँझ काठमाण्डुबाट छुटेको शुभश्री ट्राभल्सको ना ४ ख ५४४८ नम्बरको बस पृथ्वी राजमार्ग काटेर महेन्द्र राजमार्ग छिचोल्दै थियो । राति ११ बजे चितवन, रामनगरमा बस खाना खुवाउन रोकियो । निन्द्रामा झुल्दै आएका यात्रु ओर्लिए र खाना–...
कास्की, १६ कात्तिक– कृस्ती नाच्नेचौर बयली गाउँका शिवबहादुर पोखरेललाई कोरियामा रहँदा बिहान आठदेखि रातिको एघार बजेसम्म दिनरात केही नभनी काममा घोटिनुपथ्र्यो । झन्डै सात वर्ष त यसरी नै घरको अवस्था सुधार्न उनले पसिना खर्चिए । तर, यतिको दुःख र श्रम देशमा गएर गर्ने हो...
काठमाण्डु, १५ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई तह लगाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । काडमाण्डुको शान्ति बाटिकामा शनिबार भएको विरोध सभालाई सम्बोधन गर्दै थापाले गौतमले हिन्दूहरुको भावनाको संसदमा खिल्ली उडाएको भन्दै माफी माग्नुपर्ने बताए । गौतमले हिन्दूहरुको...
काठमाण्डु, १५ कात्तिक– प्रमुख दलनिकट विद्यार्थी संगठनहरुले मुलुक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाउन खोजेको आरोप लगाएका छन । रिपोर्टर्स क्लब नेपालले शनिबार गरेको साक्षात्कारमा उनीहरुले राजनीतिक दलका नेतृत्वले मुलुक नचलाएको बताए । अनेरास्ववीयूका पूर्वअध्यक्ष माधव ढुंगेलले मुलुक प्रधानमन्त्रीले नभई अख्तियारले चलाइरहेको भन्दै कसैलाई पक्रेर...
काठमाण्डु, १५ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले बाघ र बाख्राबीच भिडन्त गराउन खोजेको बताएका छन् । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शनिबारको बैठकमा काँग्रेस–एमाले दुई असमान वर्ग र समुदायबीच प्रतिस्पर्धा गराउने निर्वाचन प्रणालीका पक्षमा रहेको भन्दै आपत्ति जनाए ।...
काठमाण्डु, १५ कात्तिक– लामो समयदेखि राजधानीमा अपहरण तथा फिरौतीमा संलग्न दुई गुण्डा नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले शनिबार अपरहण तथा फिरौती घटनाका योजनाकार सगुन श्रेष्ठ र प्रेमलाल श्रेष्ठलाई पक्राउ गरेको हो । दजनौ अपहरण तथा फिरौती घटनाका मुख्य दोषी...