कोरियाबाट फर्केर गाउँमै कुस्त कमाई

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते २:१९ मा प्रकाशित

कास्की, १६ कात्तिक– कृस्ती नाच्नेचौर बयली गाउँका शिवबहादुर पोखरेललाई कोरियामा रहँदा बिहान आठदेखि रातिको एघार बजेसम्म दिनरात केही नभनी काममा घोटिनुपथ्र्यो ।
झन्डै सात वर्ष त यसरी नै घरको अवस्था सुधार्न उनले पसिना खर्चिए । तर, यतिको दुःख र श्रम देशमा गएर गर्ने हो भने उतै पनि कमाउन सकिन्छ भन्ने लागेपछि उनले स्वदेश फर्किए र दुई वर्षदेखि कृषि क्षेत्रमा लगानी गरेर यतै रमाइरहेका छन् ।
दिनरात नभनी पराई मुलुकमा पसिना चुहाउँदा नमज्जा लाग्थ्यो’,पोखरेलले भने ,‘यस्तो मिहिनेत आफ्नै देशमा गर्ने हो भने सुन फलाउन सकिन्छ भनेर फर्किएँ ।’ कमाई राम्रो हुँदाहुँदै पनि उनले कोरियाको मोह त्यागरेर यही आएर कृषिमा लगानी गरे ।

अहिले उनले पोखरा बिरौटा–१७ जनजागृति मार्गमा दस रोपनी जग्गा लिजमा लिएर सामूहिक तरकारी खेती गरेर रमाइरहेका छन् । उजाड चौरमा सुरुमा उनी आएर खेती थाल्दा के गर्न लागेको होला भन्नेहरु अहिले हरियाली तरकारी देखेर उनको सिको गर्न थालेका छन् । गोलभेँडा, बन्दा, आलु, काउली ,धनियासँगै धानखेती पनि गर्छन् ।

त्यस्तै उनले आधा दर्जन गाई पनि पालेका छन् । वार्षिक रुपमा उनले अहिले आफ्ना व्यवसायबाट ११ लाख ५० हजार आम्दानी गरिरहेको बताए । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us