प्रचण्ड भन्छन्, ‘काँग्रेस–एमाले बाघ र बाख्राबीच भिडन्त गराउन खोज्दैछन्’

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १४:२१ मा प्रकाशित

prachandaकाठमाण्डु, १५ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले बाघ र बाख्राबीच भिडन्त गराउन खोजेको बताएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शनिबारको बैठकमा काँग्रेस–एमाले दुई असमान वर्ग र समुदायबीच प्रतिस्पर्धा गराउने निर्वाचन प्रणालीका पक्षमा रहेको भन्दै आपत्ति जनाए ।

‘तपाईंहरु बाघ र बाख्राबीच प्रतिस्पर्धा गराउने मनस्थितिमा हुनुहुन्छ’, काँग्रेस–एमालेका नेतातर्फ लक्षित गर्दै उनले भने, ‘बाख्रा र बाघबीच लडाईं गराउने सोच त्याग्नुस्, किन भने त्यो न्यायपूर्ण हुन सक्दैन ।’ समाजमा उत्पीडनमा परेका र चेपाङ, कुसुण्डाजस्ता सीमान्तकृत समुदायलाई अरुसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा विकास गर्न समानुपातिक निर्वाचल प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

काँग्रेस–एमाले समानुपातिक र समावेशी सिद्धान्तमा जनाएको पूर्वप्रतिबद्धताबाट पछि हट्नु बिडम्बनाको विषय भन्दै उनले आफैंले प्रतिबद्धता जनाएका विषयमा इमान्दार हुन आग्रह गरे । सकरारका रहेका दुई दल अहिलदे त्यो हुनुहुन्न भन्ने सिजकिर गरिहरको छन्

१० प्रदेश बटमलाइन होइन
अध्यक्ष प्रचण्डले १० प्रदेश आफूहरुको बटम लाइन नभएको प्रष्याए । यद्यपि प्रदेशको संख्या निर्धारण गर्दा सम्बन्धित प्रदेशका अगुवा र सम्वद्ध पक्षसँग सरसल्लाह गर्न जरुरी रहेको उनको भनाइ थियो । ‘हामी १० प्रदेशमा अडिग छैनौं । संख्यामा केही तलमाथि गर्न सकिन्छ । तर सम्बन्धित प्रदेशकमा सरोकारवालासँगग छलफल नगरी हामी दलहरुले मात्र यो विषयमा निर्णय गर्ने अवस्था छैन’, उनले भने ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ठीक
प्रचण्डले शासकीय स्वरुपमा आफूहरु प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानबाट कार्यकारी प्रधानमन्त्रीसम्म मान्न लचक भएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुँदा मुलुकबाट अस्थिरता हट्ने र आर्थिक समृद्धिको जग बस्ने तर्क उनको छ । प्रचण्डले संसदीय मोडलको पक्षमा रहेका काँग्रेस–एमालेलाई कम्तिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मोडलमा आउन आग्रह गरे ।

‘कार्यकारी प्रमुख प्रत्यष निर्वाचित हुनुपर्छ भन्नुको अर्थ स्थिर सरकार र आर्थिक समृद्धि होओस भन्नका लागि हो’, उनले भने, ‘काँग्रेस–एमाले संसदीय व्यवस्थाबाट माथि उठेर यहाँसम्म आउनै पर्छ ।’  प्रचण्डले बेलायतबाट सुरु भएको संसदबाट प्रधानमन्त्री छान्ने पद्धतिले अहिले बेलायतलाई नै खान खोजेको र्चाा गरे । भारतमा समेत यो प्रणालीले अराजकता र विसंगति बढाएको भन्दै नेपालमा उक्त मोडल काम नलाग्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us