अपहरण र फिरौतीका दुई गुण्डा नाइके पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १५ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– लामो समयदेखि राजधानीमा अपहरण तथा फिरौतीमा संलग्न दुई गुण्डा नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले  शनिबार अपरहण तथा फिरौती घटनाका योजनाकार सगुन श्रेष्ठ र प्रेमलाल श्रेष्ठलाई पक्राउ गरेको हो । दजनौ अपहरण तथा फिरौती घटनाका मुख्य दोषी उनीहरु प्रहरीले मोष्ट वान्टेडमा सूचीमा थिए ।
उनीहरुले संगठित समूह परिचालन गरी अपहरण तथा फिरौतीका घटना गराउँदै आएको महाशाखाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us