समाचार

कता हराइन् चरीकी प्रेमिका खुस्बु ओली ?

२०७१ कार्तिक १७ गते २:१३

काठमाण्डु, १७ कात्तिक- प्रेमी डन दिनेश अधिकारी ‘चरी’ को हत्या भएको भन्दै प्रहरीविरुद्द जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन् । प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छन् । भदौ पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन् । स्टुडेन्ट भिसामा...

‘कांग्रेस–एमालेले साझा धारणा बनाए मुठभेड’

२०७१ कार्तिक १७ गते २:०४

काठमाण्डु, १७ कात्तिक – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमालले संघीयतालगायतमा साझा धारणा बनाए मुलुक मुठभेडमा जाने बताएका छन् । कांग्रेस, एमालेले ६ प्रदेशमा साझा धारणा बनाउने तयारी गरिरहेका बेला दाहालले एमाले अध्यक्ष ओलीलाई भेटेर त्यसले संविधान निर्माणमा थप असर गर्ने बताएका हुन् ।...

गाडी साहुको रिसले बस ठोक्काएर १० यात्रुको ज्यान लिने चालक पक्राउ

२०७१ कार्तिक १६ गते १५:०४

 हेटौंडा, १६ कात्तिक– एक विदेशीसहित १० यात्रुको मृत्यु र ३० जना घाइते हुने गरी मकवानपुरको बसामाडीमा बस ठोक्काउने चालक पक्राउ परेका छन् । प्रहरीले बस चालक हेटौंडा नगरपालिका–१५  पदमपोखरीका ३१ वर्षीय राकेश तामाङलाई उनकै घरबाट आइतबार पक्रेको हो । तामाङलाई आइतबारै जिल्ला अदालतमा म्याद...

दलहरुबीच सहमति नभए मुलुक अर्कै शक्तिको हातमा जान्छ : बाबुराम

२०७१ कार्तिक १६ गते १४:३४

काठमाण्डु, १६ कात्तिक– संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलबीच संविधानका मुख्य विवादमा सहमति हुन नसके स्थिति अहिलेको राजनीतिक शक्तिको नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन् । संवैधानिक समितिको सिंहदरबारमा आइतबार केही मिनेट बसेको बैठकबाट बाहिरिने क्रममा भट्टराईले स्थिति...

दुर्घटनामा जनता मर्दा सरकार रमिते बनेको सभासदको आरोप

२०७१ कार्तिक १६ गते १४:३०

काठमाण्डु, १६ कात्तिक– व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा सभासदहरुले मुलुकका विभिन्न भागमा भएका सवारी दुर्घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरुले घाइतेको नि:शुल्क उपचार व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सभामुखसँग समय माग गर्दै उनीहरुले पछिल्लो दिनमा नुवाकोट, ओखलढुङ्गा, मकवानपुर, डोटीलगायत जिल्लामा...

दलबहादुरले किन गरे श्रीमतीको हत्या ?

२०७१ कार्तिक १६ गते १३:५७

तेह्रथुम, १६ कात्तिक– एक व्यक्तिले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । सदरमुकाम म्याङलुङ नगरपालिका– ५ बस्ने ४५ वर्षीय दलबहादुर सार्कीले ४० वर्षीया श्रीमती विमलाको हत्या गरी जिल्ला प्रहरीमा आत्मसमर्पण गरेका हुन् । श्रीमतीको हत्या गरेर डेढ वर्षीय छोरालाई साथमा लिएर उनी...

शीर्ष नेता दिनभर हराउँदा सभासदलाई लामखुट्टेको आक्रमण

२०७१ कार्तिक १६ गते १३:५०

काठमाण्डु, १६ कात्तिक– एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई संविधानका ववादित विषयमा सहमति जुटाउन दिएको म्याद सकिने अन्तिम दिन आइतबार सिंहदरबारमा समितिको बैठक डाकिएको थियो । पूर्वनिर्धारित समयअनुसार सभासदहरु दुई बजे बैठकमा भाग लिन दुई बजे समिति कार्यालयमा भेला...

काँग्रेस–एमालेलाई ठूलो झट्का, ६ प्रदेशको प्रस्ताव दर्ता गर्नै नमिल्ने

२०७१ कार्तिक १६ गते १३:३०

काठमाण्डु, १६ कात्तिक– साझा पहिचनामा आधारित ६ प्रदेशको प्रस्ताव संवैधानिक राजनीतिक तथा संवाद समितिमा लैजाने तयारी गरेका काँग्रेस–एमालेलाई पहिलो गाँसमै ढुंगा लागेको छ । संसद नियमावलीमा रहेको संविधानसभा, संविधान अभिलेख तथा अध्ययन समितिको सिफारिसका आधारमा मात्र प्रस्ताव लैजानुपर्ने प्रवाधानका कारण ६ प्रदेशको प्रस्ताव लैजाने...

संस्थापनलाई अवैध घोषणा गर्दै भट्टराई पक्षद्वारा नयाँ समिति घोषणा

२०७१ कार्तिक १६ गते १३:२७

नुवाकोट, १६ कात्तिक– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले नुवाकोटमा समानान्तर कमिटी विस्तार गरेको छ । भट्टराई पक्षले आइतबार राजकुमार रेग्मीको अध्यक्षतामा ६ सदस्य पछि थप्ने गरी ६१ सदस्यीय विशेष जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । आफूहरुको सचिवालय बैठकले संस्थापन पक्षको जिल्ला...

सार्क सम्मेलनमा सदस्य मुलुकका १३ जनालाई मात्र सरकारी खर्चमा आतिथ्यता

२०७१ कार्तिक १६ गते १३:२३

काठमाण्डु, १६ कात्तिक – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलनमा सहभागी हुने सदस्य मुलुकका राष्ट्र-सरकार प्रमुखसहित १३ जनालाई मात्र सरकारी खर्चमा आतिथ्यता प्रदान गरिने भएको छ । सरकारी निर्णयअनुसार नेपाल सरकारले ९१ जनाको सम्पूर्ण खर्च बहन गर्नुपर्नेछ, जसमा आवास,...

सवारी दुर्घटनामा दुईको मृत्यु

२०७१ कार्तिक १६ गते १३:१४

चितवन , १६ कात्तिक – चितवनमा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज १९१८ नम्बरको माइक्रोबसले विपरीत दिशाबाट जाँदै गरेको ग ५ प ५२२० नम्बरको मोटरसाइकललाई आइतबार बिहान...

साझा दस्तावेजको रुपमा नयाँ संविधान जारी हुन्छ : नेम्वाङ

२०७१ कार्तिक १६ गते १२:२७

काठमाण्डु, १६ कात्तिक – संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सबै राजनीतिक दल र सरोकारवाला पक्षको साझा दस्तावेजका रुपमा प्रस्तावित नयाँ संविधान जारी हुने विश्वास दिलाएका छन् । अखिल नेपाल जनजाति सम्मेलन, केन्द्रीय समितिद्वारा प्रस्तुत १५ बुँदे ज्ञापनपत्र बुझ्दै उनले अघिल्लो संविधानसभाका उपलब्धिको स्वामित्व लिएर आन्दोलनका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us