दलहरुबीच सहमति नभए मुलुक अर्कै शक्तिको हातमा जान्छ : बाबुराम

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १४:३४ मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलबीच संविधानका मुख्य विवादमा सहमति Baburam-Bhattarai_AP_20120907053211हुन नसके स्थिति अहिलेको राजनीतिक शक्तिको नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन् ।
संवैधानिक समितिको सिंहदरबारमा आइतबार केही मिनेट बसेको बैठकबाट बाहिरिने क्रममा भट्टराईले स्थिति अरुको हातमा जान नदिन सहमतिका निम्ति गम्भीर हुन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् ।

आन्दोलनकारी शक्तिबीच एकता र सहकायको सट्टा बिग्रह भयो भने मुलुकमा दिशो शान्ति र स्थायित्व कायम हुन नसक्ने उनको भनाइ थियो । दलहरु नमिल्दा आन्दोलनले पाखा लागेको पूरानो शक्ति अगाडि आउने र प्राप्त सबै अधिकार गुम्न सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताए ।

‘आन्दोलनकारी प्रमुख शक्ति नमिल्ने हो र विग्रहमा जाने हो भने दिगो शान्ति र स्थायित्व हुन सक्दैन’, भट्टराईले भने, ‘बिग्रहबाट आउने परिणामले स्थिति अहिलेकै राजनीतिक शक्तिको हातमा रहिराख्छ भन्ने ग्यारेन्टी छैन ।’

भट्टराईले राज्य पुन:संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा आन्दोलनकारी शक्तिबीचमा सहमति हुनुपर्नेमा जोड दिए । उनले सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको दोहोर्‍याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us