तेह्रथुम, १६ कात्तिक– एक व्यक्तिले श्रीमतीको हत्या गरी प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।
सदरमुकाम म्याङलुङ नगरपालिका– ५ बस्ने ४५ वर्षीय दलबहादुर सार्कीले ४० वर्षीया श्रीमती विमलाको हत्या गरी जिल्ला प्रहरीमा आत्मसमर्पण गरेका हुन् । श्रीमतीको हत्या गरेर डेढ वर्षीय छोरालाई साथमा लिएर उनी प्रहरीसमक्ष पुगेका थिए ।
घरासयी विवादमा सार्कीले शुक्रबार राति १२ बजे श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सार्कीले हत्यामा प्रयोग गरेको हँसियासमेत प्रहरीमा बुझ बुझाएका छन् । सार्कीले श्रीमतीको शव भान्सामा रहेको जानकारी दिएका थिए ।
सार्कीलाई हिरासतमा राखेर कारबाहीका लागि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । तर उनले किन हत्या गरेको भन्ने बारेमा केही बताएका छैनन् ।