समाचार

दुई महिनामा राज्यको दुई लाख सक्ने गरी के खाजा खान्छन् मन्त्री ?

२०७१ कार्तिक १८ गते १:३६

काठमाण्डु, १८ कात्तिक– मन्त्रिपरिषद् बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डरबमोजिम खाजा उपलब्ध हुने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिनायता खाजाको मात्रै दुई लाख १३ हजार २० हजार रुपैयाँ बिल उठेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

काँग्रेस–एमालेलाई संवैधानिक समितिमै रोक्ने प्रचण्ड रणनीति

२०७१ कार्तिक १७ गते १५:०१

काठमाण्डु, १७ कात्तिक– एकीकृत माओवादी र मधेसवादीसहित प्रतिपक्षी गठबन्धनले काँग्रेस–एमालेको ७ प्रदेशको प्रस्ताव संविधानसभामा लैजान नदिने भएका छन् । संसद नियमावलीमा दलीय प्रस्ताव संविधानसभामा लैजान पाउने व्यवस्था नगरेको तर्क उनीहरुको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेको प्रस्ताव विगतका सहमति र...

मोदी आउने सडक छिटो बनाउन निर्देशन

२०७१ कार्तिक १७ गते १३:५१

महोत्तरी, १७ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट जनकपुर आउने भएपछि जीर्ण जलेश्वर–जनकपुर सडकखण्डको मर्मत छिट्टै हुने भएको छ । गृहसचिव सूर्यप्रसाद सिलवालसहित सुरक्षा निकायका प्रमुखले सोमबार उक्त सडकको सोमबार स्थलगत निरीक्षण गरेको छ । टोलीले भारतको सीतामढीसँग सिमाना जोडिएको भिठ्ठामोडमा पुगी त्यहाँको सडक...

राजमार्गमा विशेष यन्त्रमार्फत सवारी गति नाप्न सुरु

२०७१ कार्तिक १७ गते १३:४३

चितवन, १७ कात्तिक– चालकको लापरबाहीले सवारी दुर्घटनामा सर्वसाधारणको ज्यान जान थालेपछि प्रहरीले राजमार्गमा गाडीको गति मापन गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यधुनिक यन्त्रसहित राजमार्ग क्षेत्रमा गाडीको गति मापन गर्न सुरु गरेको हो । प्रहरीले ल्याएको अत्याधुनिक यन्त्र (स्पिड मिटर) मार्फत...

मोबाइलबाट चिनचान, होटलमा यौन शोषण, भारतमा बिक्री गर्न खोज्दा प्रहरी खोरको बास

२०७१ कार्तिक १७ गते १३:३३

नेपालगञ्ज, १७ कात्तिक– पहिला यौन शोषण गरेर पछि भारत बेच्न लाँदै गरिएकी एक किशोरीको प्रहरीले उद्दार गरेको छ । जाजरकोट जक्तिपुरकी १६ वर्षीया एक किशोरीलाई बिक्रीका लागि भारत लैजाँदै गर्दा बाँके प्रहरीले भारतीय सीमाबाट उद्दार गरेको हो । उनलाई डोल्पा सु गाविसका ४० वर्षीय...

१० जनाको ज्यान लिने चालकविरुद्ध ज्यान मुद्धा

२०७१ कार्तिक १७ गते १३:२२

हेटौंडा, १७ कात्तिक– पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बसामाडी– २ वस्तीपुरमा बस ठोक्काएर दुर्घटना गराउने चालकविरुद्ध ज्यान मुद्धा दर्ता गरिएको छ । प्रहरीले चालक हेटौंडा नगरपालिका–१५ का ३१ वर्षीय राकेशसिंह तामाङविरुद्ध जिल्ला अदालत मकवानपुरमा आइतबार ज्यान मुद्धा दर्ता गराएको हो । कसुर ठकर भएमा उनले दुईदेखि...

के छ जनजाति आन्दोलनको घोषणापत्रमा ?

२०७१ कार्तिक १७ गते १२:३४

काठमाण्डु, १७ कात्तिक-  वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको नेतृत्वमा आइतबार काठमाण्डुमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको घोषणा गरिएपछि मुलुकमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ । एकातिर राप्रपा नेपाल, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कादेखि एमाले नेता मोदनाथ प्रश्रितसम्मले हिन्दु राष्ट्रको माग गरिरहेका, अर्कोतिर वैरागी काइला र...

पूर्वप्रहरीमा एसएसपीको नेतृत्वमा एआइजी ?

२०७१ कार्तिक १७ गते ११:४२

काठमाण्डु, १७ कात्तिक– नेपाल पूर्वप्रहरी संगठनको केन्द्रीय समितिको कार्यबाहक अध्यक्षमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवर चयन भएका छन् । कुँवरले धापासीस्थित केन्द्रीय कार्यालयमा आइतबार पदबहाली गरे । संगठनको वरिष्ठ उपाध्यक्षमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना, महासचिवमा पूर्वप्रहरी नायव उपरीक्षक चुडादेवसिंह लामा र केन्द्रीय सचिवमा...

श्रीमती हत्यार गरेर भागेका दलबहादुर पक्राउ

२०७१ कार्तिक १७ गते १०:०४

तेह्रथुम, १७ कात्तिक-श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ-५ बस्ने दलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार सामान्य घरायसी झगडा हुँदा मादक पदार्थ सेवन गरी दलबहादुरले ३० वर्षीया श्रीमती विमला सार्कीलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्र राखेेको पाइएको प्रहरीले...

दुई टाउको र दुई पुच्छर भएको पाडो जन्मियो

२०७१ कार्तिक १७ गते ९:५०

लमजुङ १७ कात्तिक–लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ । बेसीसहर नगरपालिका– ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो । प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई...

‘कांग्रेस–एमालेको प्रस्ताव गणतन्त्र उल्ट्याउने खेल’

२०७१ कार्तिक १७ गते ९:३८

काठमाण्डु, १७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात प्रदेश बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको प्रस्तावलाई गणतन्त्र उल्ट्याउने खेल भनेका छन् । सिंहदरबारमा सोमबार बसेको संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस एमालेको प्रस्तावमा संघीयताको गन्ध समेत नरहेको भन्दै आपत्ति...

राहदानी विभाग अब दुई सत्रमा चल्ने

२०७१ कार्तिक १७ गते ८:३९

काठमाण्डु, १७ कात्तिक– केन्द्रीय राहदानी विभागले आजदेखि  दुई सत्र गरी सेवा दिन सुरु गरेको छ ।   विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ । प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us