समाचार

काँग्रेस-एमालेको प्रस्तावलाई यथावस्थामा समर्थन गर्न सकिँदैन : माले

२०७१ कार्तिक १८ गते १३:०८

काठमाण्डु, १८ कात्तिक – नेकपा (माले)ले संविधानका अन्र्तवस्तुका रुपमा काँग्रेस र एमालेले गरेको प्रस्तावले जनता र राष्ट्रको सुरक्षित एवम् सुनिश्चित भविष्य निर्धारण गर्न नसक्ने जनाउँदै त्यसलाई यथावस्थामा समर्थन गर्न नसक्ने ठहर गरेको छ । महासचिव सिपी मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा मङगलबार बसेको पोलिटब्युरोको...

बाबुरामले दुःख दिएको भन्दै यसरी कड्किए केपी ओली

२०७१ कार्तिक १८ गते १३:०२

काठमाण्डु, १८ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक राजनीतिक समितिका सभापति बाबुराम भट्टराईका कारण संविधान निर्माण प्रक्रिया जटिल बनेको आरोप लगाएका छन् । राष्ट्रिय सहमतिका आधारमा तोकिएकै समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेका एमाओवादी सम्वद्ध अखिल...

अख्तियारको हस्तक्षेपले विश्वविद्यालय प्रभावितः विद्यार्थी संगठन

२०७१ कार्तिक १८ गते १२:३५

काठमाण्डु, १८ कात्तिक- एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीसहित १३ विद्यार्थी संगठनले भ्रष्टाचार नियन्त्रणका नाममा विश्वविद्यालयहरुमा अनावश्यक हस्तक्षेप गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर १३ संगठनले ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा अख्तियारले छानबिनका नाममा हस्तक्षेप गर्दा...

फिदिमबाट प्रचण्डको घोषणा, ‘२२ दलले सिंहदरबार बाहिरबाटै सरकार चलाउँछ’

२०७१ कार्तिक १८ गते १२:३१

पाँचथर, १८ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ काँग्रेस–एमाले गठबन्धनले बहुमतका आडमा पेलेर संविधान जारी गर्न खोजे बाहिरबाटै सरकार चलाउने चेतावनी दिएका छन् । २२ दलीय गठबन्धनले पाँचथरको फिदिममा मंगलबार गरेको सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनको पेलेर जाने नीतिमा परिवर्तन नआए...

सत्तारुढ दलको प्रस्ताव षड्यन्त्र, खारेज नगरे भण्डाफोर : सापकोटा

२०७१ कार्तिक १८ गते १२:२४

काठमाण्डु, १८ कात्तिक – एकीकृत माओवादी नेता अग्निप्रसाद सापकोटाले काँग्रेस र एमालेसहितका सत्तारुढ दलले ल्याएको साझा प्रस्ताव महेन्द्रपथको षड्यन्त्र भएकोले यसको भण्डाफोर सडक र सदनबाट गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलवार आयोजना गरेको साक्षात्कारमा उनले सो प्रस्तावमाथि छलफल नै नहुने गरी...

स्थानीयले रोके हनुमन्ते खोला फर्काउने दलालहरुको योजना

२०७१ कार्तिक १८ गते ११:४५

भक्तपुर, १८ कात्तिक– केही भूमाफिया तत्वले मध्यपुरथिमि नगरपालिका र बालकोट गाविसको सिमाना भएर बग्ने हनुमन्ते खोलाको बहाव फर्काएर खोला सार्न गरेको प्रयत्न स्थानीयले रोकेका छन् । भूमाफियाले खोला फर्काउन प्रयत्न गरेपछि यसविरुद्ध मध्यपुरथिमि नगरपालिका, थिमिका राजनीतिक दलहरू र स्थानीय बासिन्दा उत्रिएका हुन् । केही...

झोलामा विद्यालय बोकेर हिड्नेविरुद्ध मुद्धा दायर

२०७१ कार्तिक १८ गते ११:३८

काठमाण्डु, १८ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय खडा गरी सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आव २०६६- ६७ देखि २०७०- ७१ सम्म पटक–पटक १० लाख ५०...

फेसबुकमा अश्लिल सन्देश पठाउने व्यक्ति प्रहरीद्वारा पक्राउ

२०७१ कार्तिक १८ गते ११:०५

काठमाण्डु, १८ कात्तिक – फेसबुकमा अश्लिल सन्देश पठाउने रामेछाप मन्थलीका मंगलबहादुर तामांगलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न समयमा फेसबुकबाट नक्कली प्रोफाइल बनाई अश्लिल सन्देश पठाएर चरित्रा हत्या गर्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको महानगरपालिका प्रहरी प्रभाग अपराध महाशाखाले जनाएको छ । हाल काठमाडौं...

लेखा समितिले बोलायो लोकमानलाई

२०७१ कार्तिक १८ गते १०:४०

काठमाण्डु, १८ कात्तिक – व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई बोलाउने निर्णय गरेको छ । आयोगले आफ्नो कार्यक्षेत्र मिचेर विभिन्न विकास आयोजनाको काम रोक्न निर्देशन दिएको र सन्दर्भमा नै नभएका विषयमा समेत चासो राखेर अनावश्यक विवाद खडा गरेका कारण छलफलका...

गणेश थापाले सभासदको तलबभत्ता पार्टीलाई बुझाउने

२०७१ कार्तिक १८ गते १०:३७

काठमाण्डु, १८ कात्तिक – राप्रपा नेपालका सभासद् गणेश थापाले आफूले पाउने तलबभत्ता र अन्य सुविधा पार्टीलाई बुझाउने घोषणा गरेका छन् । राप्रपा नेपालको सिफारिसमा अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष समेत रहेका थापा संविधान सभा सदस्यमा नियुक्त भएका थिए । थापा अध्यक्ष कमल...

हतियार व्यापार सन्धिबारे संसदमा प्रतिपक्षी दलको कडा आपत्ति

२०७१ कार्तिक १८ गते १०:३७

काठमाण्डु, १८ कात्तिक –व्यवस्थापिका संसदमा पेश भएको हतियार व्यापार सन्धिसम्बन्धी एक प्रस्तावमा प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीले  रहस्मय ढंगबाट आएको भन्दै  आपत्ति जनाएको छ । संसदको मंगलवारको बैठकमा सत्ता पक्ष र विपक्ष बिभाजित भएका हुन् । नेपाली काँग्रेसका सभासद् रमेश लेखकले हतियार व्यापार सन्धिमा हस्ताक्षर गरी...

काँग्रेस–एमाले ०४७ को संविधान ब्युँताउने दाउमा : प्रचण्ड

२०७१ कार्तिक १८ गते १०:३६

झापा , १८ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले २०४७ सालको संविधान ब्युँताउन खोजेको आरोप लगाएका छन् । २२ दलीय मोर्चाको आयोजनामा पाँचथरको फिदिममा हुने आमसभालाई सम्बोधन गर्न जाने क्रममा मङगलबार झापाको सुरुङ्गामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us