फेसबुकमा अश्लिल सन्देश पठाउने व्यक्ति प्रहरीद्वारा पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक – फेसबुकमा अश्लिल सन्देश पठाउने रामेछाप मन्थलीका मंगलबहादुर तामांगलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा फेसबुकबाट नक्कली प्रोफाइल बनाई अश्लिल सन्देश पठाएर चरित्रा हत्या गर्ने कार्यमा संलग्न भएकाले पक्राउ गरिएको महानगरपालिका प्रहरी प्रभाग अपराध महाशाखाले जनाएको छ ।

Facebook
हाल काठमाडौं सिनामंगल बस्दै आएका २३ वर्षीय तामांगलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाहीका लागि थुनामा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us