समाचार

बालिकाको लुगा च्यातेर बलात्कार गर्न खोज्नेलाई कैद सजाय

२०७१ कार्तिक १८ गते १०:१४

लहान, १८ कात्तिक – नाबालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा जिल्ला अदालत राजविराजले एक युवकलाई चार वर्ष चार महिनाको कैद सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सप्तरीको सीतापुर गाविसकी १२ वर्षीया बालिकालाई बलात्कार खोजेको भन्दै सीतापुर गाविस–१ निवासी ३५ वर्षीय नागेन्द्रकुमार...

फिनल्याण्डको उच्च प्रतिनिधिमण्डल आइतबार आउँदै

२०७१ कार्तिक १८ गते ९:३३

काठमाण्डु, १८ कात्तिक – फिनल्याण्डको विकास सहायता विभाग प्रमुखको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँचदिने औपचारिक भ्रमणमा आगामी आइतबार नेपाल आउने भएको छ । फिनल्याण्डको सहायतामा नेपालमा सञ्चालित विकास आयोजनाहरूबारे जानकारी लिन परराष्ट्र मन्त्रालयको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । उक्त...

मोदीले गणेशको टाउको प्लास्टिक सर्जरीबाट जोडिएको भनेपछि…

२०७१ कार्तिक १८ गते ८:३९

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलाबेला विवादास्पद वक्तव्यहरु दिएर चर्चामा आउने गर्छन् । पछिल्लो समयमा भारतमा महाभारतकालमै प्लास्टिक सर्जरीको आविष्कार भएको थियो भनेपछि उनी फेरि विवादमा परेका छन् । अघिल्लो हप्ता एक अस्पतालको उद्घाटन गर्दै मोदीले भनेका थिए, ‘महाभारतमा कर्ण आमाको कोखबाट जन्मेका थिएनन्...

नयाँ केटा साथीसँग मस्ती गर्दैछिन् लण्डनमा खुश्बु

२०७१ कार्तिक १८ गते ८:२०

काठमाण्डु, १८ कात्तिक – गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका भनिने खुश्बु ओली नयाँ केटासाथीसँग लण्डनमा घुमिरहेकी छिन् । प्रहरीको इन्काउन्टरमा मारिएका चरी प्रकरणमा ओलीले ‘झुठो मुठभेडमा मारिएको’ वक्तव्य दिएकी थिइन् । यता नेपालमा प्रहरीले चरीको नाजायज कमाइ खुश्बुसँग हुन सक्ने भनिरहेका बेला खुश्बु...

फोहोरलाई मोहरमा फेर्ने यस्तो आइडिया

२०७१ कार्तिक १८ गते ८:१५

दाङ , १८ कात्तिक – तुलसीपुर नगरपालिकाले फोहाेरलाई मोहर बनाउने अभियान थाल्ने भएको छ । नगरमा उत्पादन भएका सड्ने फोहोर सङ्कलन गरी नगरपालिकाले प्राङ्गारिक मल बनाउने तयारी थालेको नगरपालिका कार्यकारी अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए । फोहोर मैला व्यवस्थापनका साथै गल्ने वस्तुहरुलाई उपयोग गर्न यस्तो...

पारस मुसुक्क हाँसेको तस्वीर

२०७१ कार्तिक १८ गते ७:४८

काठमाण्डु, १८ कात्तिक – बैंककमा लागू औषधसहित पक्राउपछि छुटेका पारस शाहले नयाँ तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । मुसुक्क हाँसेर टाउकोमा रुमाल बाँधेका पारसले नयाँ गेट –अपमा देखिएका हुन् । एक महिनाअघि पक्राउ परेका पारसले धरौटीमा छुटेपछि तस्वीर सार्वजनिक गरेका हुन् ।...

आगलागीमा ५० लाखको धनमाल नष्ट

२०७१ कार्तिक १८ गते ७:०५

काठमाण्डु, १८ कात्तिक – काठमाण्डु बल्खुस्थित राजेन्द्र रुपाखेतीको किराना पसलमा आगलागी हुँदा ५० लाखको धनमाल नष्ट भएको छ । स्थानीय बुद्धिराज महर्जनको घरमा सञ्चालन गरिएको सो पसलमा सोमबार राति विद्युत् सट भई आगलागी भएको बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख पुष्प लामिछानेले जानकारी दिए ।...

संविधान कोठामा बसेर कविता लेखे जस्तो होइन : राई

२०७१ कार्तिक १८ गते ६:५६

पाँचथर, १८ कात्तिक – सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले संविधान कोठामा बसेर मनोगत ढङ्गले कविता लेखे जस्तो नहुने बताएका छन् । २२ दलीय मोर्चाको पाँचथर फिदिममा हुने जनसभालाई सम्बोधन गर्दै राईले मङगलबार संविधान परिवर्तनका लागि भएका दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन,...

फरार अभियुक्त पक्राउ

२०७१ कार्तिक १८ गते ६:१०

धनगढी, १८ कात्तिक – कैलाली जिल्ला अदालतबाट दुई छुट्टाछुट्टै मुद्दामा गरी दुई महिना १५ दिन कैद र एक हजार जरिवानाको सजाय तोकिई फरार रहेका एक अभियुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । यी दुई मुद्दाका अभियुक्त धनगढी नगरपालिका–३ का टेकबहादुर सिंहलाई पक्राउ गरिएको क्षेत्रीय...

ट्रकले यात्रु र बसले सामान बोक्न नपाउने

२०७१ कार्तिक १८ गते २:५६

धादिङ, १८ कात्तिक– ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना कम गर्न मालबाहक गाडीले यात्रु बोक्न र यात्रुबाहक गाडीले व्यावसायिक मालसामान बोक्न नपाउने भएका छन् । केही समयदेखिको बढ्दो सवारी दुर्घटनामा धेरैले ज्यान गुमाएकाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सतर्कता सम्बन्धमा छलफल गर्न जिल्ला...

प्रचण्डको अडानले बाबुरामलाई अप्ठेरो

२०७१ कार्तिक १८ गते २:४४

काठमाण्डु, १८ कात्तिक– सत्तारुढ काँग्रेस–एमालेले अघि सारेको सात प्रदेशको संयुक्त प्रस्तावमाथि छलफल गर्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज पुन: बस्दैछ । अपराह्न बस्ने बैठकमा उक्त प्रस्ताव संविधानसभामा लैजाने कि नलैजाने भन्ने विषयमा छलफल हुने छ । काँग्रेस–एमालेले दुई तिहाईको समर्थनमा आएको...

प्रचण्ड र उपेन्द्रले के भन्दैछन् फिदिमबाट ?

२०७१ कार्तिक १८ गते २:३२

पाँचथर, १८ कात्तिक– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले पहिचानसहितको संघीयताका लागि दबाब दिन आज पाँचथर सदरमुकाम  फिदिममा जनसभा गर्दैछ । सभालाई सम्बोधन गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजै राजधानीबाट पूर्वाञ्चल पुगेका छन् ।   पूर्वघोषित कार्यक्रमअनुसार सभालाई प्रचण्डसहित मोर्चा आवद्ध फोरम लोकतान्त्रिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us