आगलागीमा ५० लाखको धनमाल नष्ट

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक – काठमाण्डु बल्खुस्थित राजेन्द्र रुपाखेतीको किराना पसलमा आगलागी हुँदा ५० लाखको धनमाल नष्ट भएको छ ।

fireस्थानीय बुद्धिराज महर्जनको घरमा सञ्चालन गरिएको सो पसलमा सोमबार राति विद्युत् सट भई आगलागी भएको बल्खुस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख पुष्प लामिछानेले जानकारी दिए ।

उनले आगो लागेपछि प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा मङगलबार बिहान ४ बजेतिर आगो नियन्त्रणमा लिइएको र मानवीय क्षति भने नभएको बताए ।

पसलको बिमा गरिएको थाहा भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us