प्रचण्ड र उपेन्द्रले के भन्दैछन् फिदिमबाट ?

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते २:३२ मा प्रकाशित

prachanda-upendraपाँचथर, १८ कात्तिक– एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले पहिचानसहितको संघीयताका लागि दबाब दिन आज पाँचथर सदरमुकाम  फिदिममा जनसभा गर्दैछ ।

सभालाई सम्बोधन गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजै राजधानीबाट पूर्वाञ्चल पुगेका छन् ।   पूर्वघोषित कार्यक्रमअनुसार सभालाई प्रचण्डसहित मोर्चा आवद्ध फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो र संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई लगायतले सम्बोधन गर्नेछन् ।
मोर्चाले आगामी कात्तिक २२ गते जनकपुर र २९ गते धनगढीमा  सभा गर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us