नयाँ केटा साथीसँग मस्ती गर्दैछिन् लण्डनमा खुश्बु

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते ८:२० मा प्रकाशित

काठमाण्डु, १८ कात्तिक – गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका भनिने खुश्बु ओली नयाँ केटासाथीसँग लण्डनमा घुमिरहेकी छिन् । प्रहरीको इन्काउन्टरमा मारिएका चरी प्रकरणमा ओलीले ‘झुठो मुठभेडमा मारिएको’ वक्तव्य दिएकी थिइन् ।

khushbu oli

यता नेपालमा प्रहरीले चरीको नाजायज कमाइ खुश्बुसँग हुन सक्ने भनिरहेका बेला खुश्बु भने गोप्य तरिकाले केटासाथी लिएर लण्डन पुगेकी हुन् । उनी साउथ इस्ट लण्डनको ग्रीनविचमा बसिरहेकी त्यहाँस्थित न्युज पोर्टल ‘वी नेपाली’ ले समाचार प्रकाशन गरेको छ ।

समाचारमा उल्लेख भए अनुसार उनी त्यहाँ आफ्नो परिचय लुकाएर नयाँ नाममा बसेकी छिन् । खुश्बुले आफू चरीकी प्रेमिका भएको बताउने गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us