फेसबुकमा मैले पछिल्लोपटक १४ सेप्टेम्बर, २०११ मा पोस्ट गरेको थिएँ जस्तो लाग्छ । त्यसपछि र अझ भन्नुपर्दा खासगरी दुई महिनायता घटनाक्रमले अर्कै मोड लियो । लागुऔषधसँग सम्बन्धित घटना, त्यसपछिका शृंखलाबद्ध पक्राउ, जेलचलानलगायत योजनाबद्ध रूपमा गराइएका घटनाका कारण मेरो परिवार र मेरा साथीलाई पनि यी...
चितवन, १९ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले सहमतिमा संविधान जारी गरिने बताएका छन् । प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानकोे स्मृतिमा नेपाल प्रेस युनियन चितवनको नाममा स्थापना गर्न लागेको अक्षयकोष रकम हस्तान्तरण समारोहमा उनले दुई तिहाई मतबाट पेलेर संविधान बनाउने उद्देश्य आफ्नो नरहेको स्पष्ट पारेका हुन्...
इलाम, १९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती भएको बताएका छन् । विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे सम्झौताको क्षेत्रभित्र रहेर संविधान बनाउनुपर्नेमा कांग्रेस एमाले अङ्कगणिततिर लागेको प्रचण्डको आरोप छ । सूर्योदय नगरपालिकाको फिक्कलमा बुधबार...
काठमाडौँ, १९ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस, एमालेलगायत दलले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पेस गरेको प्रस्ताव फिर्ता नहुने बताएका छन् । देउवाले संवाद समितिको बैठक परामर्श बिना नै स्थगन गरिएकामा आपत्तिसमेत जनाए । “यो हाम्रो प्रस्ताव हो, उहाँहरुले पनि छलफलका...
काठमाण्डु, १९ कात्तिक – संवैधानिक – राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र अमेरिकी राजदूत पीटर डब्लू बोडेबीच भेटवार्ता भएको छ । बुधबार बिहान सभापति भट्टराई निवास सानेपामा भएको भेटवार्तामा राजदूत बोडेले समयमा संविधान जारी गरेर राजनीतिक स्थायित्व कायम होस् भन्ने विषयमा...
काठमाण्डु, १९ कात्तिक–नयाँ संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा धर्मनिरपेक्षताविरुद्ध दलका नेता–कार्यकर्तादेखि सामाजिक संघसंस्थासम्म मोर्चाबन्दीमा उत्रिएका छन् । कांग्रेसभित्र नेता खुमबहादुर खड्का नेतृत्वको समूह र सयभन्दा बढी हिन्दूवादी समूह बेग्लाबेग्लै संगठित भएका छन् । राप्रपा नेपाल सुरुदेखि हिन्दू राज्य बनाउने अभियानमा छ । त्यसका...
गौशाला, १९ कात्तिक– महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जन गाविसमा अहिले बाँदरको समूहले आतङ्क मच्चाएको छ । सयौँको सङ्ख्यामा एकैसाथ गाउँ पस्ने गरेका बाँदरले पूर्व पश्चिम राजमार्गसँग जोडिएर रहेको जिल्लाको बर्दिबास, गौरीबास, रामनगर, खयरमारा, लक्ष्मिनिया, माईस्थान, हात्तीलेट, पशुपतिनगर, बेलगाछीलगायतका गाविस र त्यसका प्रत्येक गाउँटोलमा आतङ्क...
पोखरा, १९ कात्तिक– राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले कास्की कारागार निरीक्षणपछि सो कारागार यातनागृहजस्तै भएको टिप्पणी गरेको छ । आयोगका सदस्यद्वय सुदीप पाठक र गोविन्द शर्मा पौडेलसहितको एक टोलीले कारागारको क्षमता ६० जनाको भए पनि ५२० जना कैदी उकुसमुकुस गरेर कारागारमा राखेको देखिपछि ...
काठमाण्डु, १९ कात्तिक– सार्क सम्मेलन गर्न काठमाण्डु नगर विकास प्राधिकरणले बजेटको सहमति नलिई रंगरोगन,वृक्षारोपण र पार्क निर्माण गर्न ९ करोड रुपैयाँको ठेक्का गर्यो । ठेक्का सम्झौता गरी काम सुरु गरिसकेपछि प्राधिकरणका नगर नियोजक भाइकाजी तिवारी बजेटका लागि अर्थ मन्त्रालय धाइरहेका छन् । तिनै कामका...
काठमाण्डु, १९ कात्तिक– डन हुँ भन्दै फोन गरेर धम्क्याउँदै रकम मागेको आरोपमा आशिष पाण्डे पक्राउ परेका छन् । आफूलाई धापासी क्षेत्रको डन बताउँदै धम्याएर रकम मागेको आरोपमा उनी पक्राउ परेका हुन् । धापासी श्रीटोलका कक्षा १२ का विद्यार्थी उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको...
काठमाण्डु, १९कात्तिक– विदेशमा रहेका युवकलाई फेसबुकबाट श्रीमतीबारे गलत सन्देश पठाई चरित्रहत्या गरेको आरोपमा रामेछाप मन्थलीका मंगलबहादुर तामाङ पक्राउ परेका छन् । विदेशमा रहेका गाउँकै एक साथीलाई उनले श्रीमतीको चरित्रबारे गलत सन्देश पठाएका थिए ।नक्कली फेसबुक आइडी बनाई तामाङले फेसबुकमा त्यस्ता कुरा बारम्बार पठाएका थिए...
काठमाण्डु, १९ कात्तिक– खाडीमा तर्तरी पसिनासँग श्रम साट्ने पतिहरु यता छाडेर गएकी पत्नीबारे सधैं चिन्तित हुने नै भए । त्यसमाथि सहरमा पति बिदेसिएका पत्नी खोज्ने ‘ब्वाँसा’ बग्रेल्ती छन् । कसैले विदेशमा छिसिक्क सुनाइदियो ,‘तेरी पनि त्यस्तैमा लागेकी छ रे है ?’ विचरो श्रम बेचुवा...