अङ्कगणितमा संविधान लेख्न खोज्नु गम्भीर गल्ती : प्रचण्ड

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ३:०७ मा प्रकाशित

इलाम, १९ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्कगणितकै भरमा मात्र संविधान लेख्ने प्रयास गर्नु गम्भीर गल्ती भएको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता र बाह्रबुँदे सम्झौताको क्षेत्रभित्र रहेर संविधान बनाउनुपर्नेमा कांग्रेस एमाले अङ्कगणिततिर लागेको प्रचण्डको आरोप छ ।

सूर्योदय नगरपालिकाको फिक्कलमा बुधबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले काँग्रेस एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा गणतन्त्र सङ्घीयतालगायत भाव नभएको जिकिर समेत गरे ।

Prachandaराज्य पुनःसंरचनामा पहिला एक हिसाबबाट सहमतिको नजिक पुगेको १० वा ११ प्रदेशको प्रस्तावको सेरोफेरोमा सहमति गर्न उपयुक्त हुने बताउँदै उनले एकल र बहुपहिचान भन्ने सवाल ठूलो कुरा नभएको भने । संवाद समितिले सहमतिको प्रयास जारी राखेको बताउँदै उनले माघ ८ मै संविधान पाउने आस भने मरिनसकेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले ‘एक मधेस एक प्रदेश’का पक्षमा आफूहरू नरहेको बताउँदै मधेसका भूभागलाई पहाडसँगै मिसाएर प्रदेश विभाजन गर्दा आफूहरूलाई आपत्ति नहुने स्पष्ट पारे ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us