बाबुराम भट्टराई र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते ३:०१ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक – संवैधानिक – राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र अमेरिकी राजदूत पीटर डब्लू बोडेबीच भेटवार्ता भएको छ ।

baburam bhattaraiबुधबार बिहान सभापति भट्टराई निवास सानेपामा भएको भेटवार्तामा राजदूत बोडेले समयमा संविधान जारी गरेर राजनीतिक स्थायित्व कायम होस् भन्ने विषयमा चासो राखेका थिए ।

सभापति भट्टराईले अहिले संवाद समिति र प्रमुख राजनीतिक दलहरु विभिन्न चरणका छलफलहरुमा नै केन्द्रित रहेको र चाँडै नै सहमतिमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन् । संविधानको मुख्य विषय राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीजस्ता महत्वपूर्ण विषयमा कम्तीमा मुख्य तीन दलबीच सहमति निर्माण गर्न आफू लागि परेको पनि सभापति भट्टराईले बताए ।

राजदूत बोडेले अमेरिका नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासकै पक्षमा रहेको उल्लेख गर्दै नेपालमा निर्धारित मितिमै र सबै दलको सहमतिमा नै संविधान निर्माण होस् भन्ने आफूले चाहेको बताएका थिए । बोडेले संविधान निर्माण भएर आर्थिक विकास, समृद्धि र प्रगतितिर नेपाल अघि बढ्नेमा विश्वस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us