डन हुँ भन्दै धम्क्याएर पैसा माग्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते २:०२ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– डन हुँ भन्दै फोन गरेर धम्क्याउँदै रकम मागेको आरोपमा आशिष पाण्डे पक्राउ परेका छन् ।
आफूलाई धापासी क्षेत्रको डन बताउँदै धम्याएर रकम मागेको आरोपमा उनी पक्राउ परेका हुन् । धापासी श्रीटोलका कक्षा १२ का विद्यार्थी उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्रेको हो । महाशाखाका अनुसार उनले धम्क्याउन मोबाइल न ९८४३२४७६७७ प्रयोग गरेका थिए ।

फोनमार्फत पैसा नदिए जे पनि गर्न सक्ने भन्दै धम्क्याउने गरेको सूचनाका आधारमा उनलाई पक्रिएको महाशाखाले जानकारी दिएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us