विदेश गएकाकी पत्नी ताक्नेलाई पक्राउ पुर्जी

काठमाण्डु टुडे २०७१ कार्तिक १९ गते १:५० मा प्रकाशित

काठमाण्डु,  १९ कात्तिक– खाडीमा तर्तरी पसिनासँग श्रम साट्ने पतिहरु यता छाडेर गएकी पत्नीबारे सधैं चिन्तित हुने नै भए ।
त्यसमाथि सहरमा पति बिदेसिएका पत्नी खोज्ने ‘ब्वाँसा’ बग्रेल्ती छन् । कसैले विदेशमा छिसिक्क सुनाइदियो ,‘तेरी पनि त्यस्तैमा लागेकी छ रे है ?’  विचरो श्रम बेचुवा निम्छरो मरेतुल्य हुने नै भयो ।
तर सबैका पत्नी यसरी बिग्रँदैनन् । कहिले काहीँ कसैको कुदृष्टि लागिदिँदा विदेश बस्ने पतिहरु भाउन्निएर बाँच्नुपर्ने हुन सक्छ । यस्तैमा परे, शिव भुजेल,जो साउदी अरबमा उँट चराएर गुजारा गर्दै छन् ।

रामेछापको एउटा केटो छ, मंगल तामाङ । काम केही गर्दैन । पैसावालकी पत्नी सकेसम्म पति विदेशिएको वा यतै भएर पनि पतिलाई छल्दै ऐयासीमा लागेकाहरु खोज्दै हिँड्ने उनको एकसूत्रीय धन्दा हो । बसाईं जोरपाटीमा । बौद्धनिर आउँदा–जाँदा सलक्क ज्यान परेकी, न मोटी न दुब्ली ठिक्कको जिउडालकी सरिता लामा (नाम परिवर्तन) माथि आँखा पर्‍यो मंगलको । उनी एक्ली छन्, पति विदेशमा भन्ने कुरा मंगलले पहिल्यै अरु माध्यमबाट बुझिसकेको थियो ।

कोठा पत्ता लगाएपछि बाटो पारेर हिँड्न थाल्यो । आउँदा जाँदा भेटिने र भेटमा आज अलिकति ,भोलि अलि धेरै ,पछि अलि धेरै गर्दै कुराकानीको क्रम बाक्लियो । एक सातापछि मंगलले कतै खाजा खानका लागि अफर गरे । बौद्धकै एउटा रेष्टुरामा उनीहरुले खाजा खाए । केटोले रक्सी पियो । सरिताले पिउन मानिनन् । सरिताचाहिँ मोबाइलमा फेसबुक चलाइरहेकी थिइन् । जिस्किँदा जिस्कँदा सरिताको मोबाइल मंगलले चलाएजस्तो गर्‍यो । खासमा उसले सरिताको मोबाइलबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठायो । र आफ्नो मोबाइलबाट एसेप्ट गर्‍यो ।
यसपछि उनीहरुलाई फेसबुकले नजिक्याउन थाल्यो । अर्को कुनै एक दिनको भेटमा मंगलले उपाय रच्यो, सरिताको मोबाइलमा फेसबुकको पासवर्ड तलमाथि पारिदिने र एकाउन्ट ब्लक गरिदिने । उसले एकाउन्टमा नयाँ पासवर्ड राख्यो र आँफै चलाउन थाल्यो । यसबीचमा मंगलले सरितालाई अनेक भनेर जालमा पार्न खोज्यो तर उनले मानिनन् ।

त्यसपछि उसले सरिताको फेसबुकबाट उनको पतिलाई म्यासेज पठायो, यो हो मेरो प्यारो साथी । अब म तिमीबाट टाढा भएँ ।’ यति भनेपछि बिचरो साउदीमा मरेतुल्य हुने नै भयो । त्यसपछि उसले श्रीमतीलाई फोन गर्‍यो ,श्रीमतीले अनविज्ञता प्रकट गरिन् । उनी नेपाल फर्किए र यसबारे बुझ्दै जाँदा मंगल दोषी भएको प्रहरीले पत्ता लगायो । अपराध महाशाखाले विद्युत्तिय कारोबार ऐनअन्तर्गत मंगललाई हनुमानढोकामा बुझाएको छ ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us