काठमाण्डु, १७ कात्तिक– नेपाल पूर्वप्रहरी संगठनको केन्द्रीय समितिको कार्यबाहक अध्यक्षमा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवर चयन भएका छन् ।
कुँवरले धापासीस्थित केन्द्रीय कार्यालयमा आइतबार पदबहाली गरे । संगठनको वरिष्ठ उपाध्यक्षमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना, महासचिवमा पूर्वप्रहरी नायव उपरीक्षक चुडादेवसिंह लामा र केन्द्रीय सचिवमा पूर्वप्रहरी नायव उपरीक्षक नारायण गिरी छन् ।
१५ सदस्यीय कार्य सम्पादन समिति तय गरिएको सो संगठनले जनाएको छ । पद बहाली गर्दै कार्यबाहक अध्यक्ष कुँवरले पूर्वप्रहरीको हकहितमा सजग र सर्तक रहन संगठनका सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिए ।