दुई महिनामा राज्यको दुई लाख सक्ने गरी के खाजा खान्छन् मन्त्री ?

काठमाण्डु टुडे २०७१ कार्तिक १८ गते १:३६ मा प्रकाशित

sinhadurbarकाठमाण्डु, १८ कात्तिक– मन्त्रिपरिषद् बैठक र बालुवाटारमा हुने विभिन्न बैठकमा प्रधानमन्त्री तथा मन्त्रीका लागि अर्डरबमोजिम खाजा उपलब्ध हुने गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुई महिनायता खाजाको मात्रै दुई लाख १३ हजार २० हजार रुपैयाँ बिल उठेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खाजामा भएको खर्चमध्ये ७० प्रतिशतभन्दा बढी खर्च बालुवाटारमा भएका विभिन्न बैठकको हो ।

सिंहदरबारमा भएका मन्त्रिपरिषद् बैठकमा भने कम खर्च हुने गरेको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीले गर्ने अन्य बैठकका लागि आवश्यक पर्ने खाजा गौतम खाद्य सप्लायर्सले उपलब्ध गराउँदै आएको छ ।
मन्त्रिपरिषद् कार्यालय लेखा शाखा स्रोतका अनुसार खाजाको प्रतिप्याकेट चार सय ५० रुपैयाँसम्म खर्च हुने गरेको छ । लञ्चमा भने प्रतिप्याकेट ६ सय लाग्ने गरेको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्मा मन्त्रीहरुले आफ्नो रुचीअनुसार खाजा खाने गरेका छन् ।

रुचीअनुसार मांसाहारी ,साकाहारी तथा फलफूल व्यवस्था गर्ने गरिएको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us