‘कांग्रेस–एमालेको प्रस्ताव गणतन्त्र उल्ट्याउने खेल’

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ९:३८ मा प्रकाशित

काठमाण्डु, १७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात प्रदेश बनाउने नेपाली कांग्रेस र नेकपा एमालेको प्रस्तावलाई गणतन्त्र उल्ट्याउने खेल भनेका छन् ।

prachandaसिंहदरबारमा सोमबार बसेको संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस एमालेको प्रस्तावमा संघीयताको गन्ध समेत नरहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘कांग्रेस–एमालेले विगतको सम्झौता, समझदारी र प्रतिबद्धताविपरीत सात प्रदेशको प्रस्ताव ल्याएका छन्,’ प्रचण्डले भने, ‘यो प्रस्तावले संविधानसभाभित्र विभाजन ल्याएको छ, यसले दलहरुबीचको सम्बन्ध र संविधान निर्माण प्रक्रिया समेतलाई रोक्छ ।’

प्रचण्डले सत्तारुढ मुख्य दलको प्रस्तावले तल्लो वर्गको आकांक्षालाई सम्बोधन नगर्ने र हुने खाने वर्गको मात्रै हित गर्ने समेत आरोप लगाए । उनले भने, ‘मधेश आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मधेसी जनअधिकार फोरमका अध्यक्ष्ँ उपेन्द्र यादवबीच भएको सम्झौताको भावनाविपरीतको हिमाल–पहाड–तराई जोड्ने प्रस्ताव ल्याएर कांग्रेस एमालेले पुरानै संरचनाको पा“च विकास क्षेत्रलाई संघीयतामा ढाल्न खोजेका छन् ।’

विगतका सम्झौतालाई बेवास्ता गरेर संविधान बन्यो भने मुलुकका लागि दुर्भाग्यपूर्ण हुने जिकिर गर्दै प्रचण्डले प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव फिर्ता लिन अनुरोध समेत गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us