दुई टाउको र दुई पुच्छर भएको पाडो जन्मियो

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ९:५० मा प्रकाशित

लमजुङ १७ कात्तिक–लमजुङको बसौलागाउँमा दुईवटा टाउको र पुच्छर भएको पाडो जन्मेको छ ।
बेसीसहर नगरपालिका– ६ बसौला गाउँका किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुई वटा टाउको र पुच्छर भएको पाडो जन्माएको हो ।
प्रसवमा रहेको भैँसी सहजै नब्याएपछि आइतबार बसौलाले स्थानीय पशु स्वास्थ्य कार्यकर्तालाई बोलाएका थिए ।

ती प्राविधिकले भैँसीको पेटमा दुईवटा टाउका भएको पाडो भएको बताएपछि जिल्ला पशुसेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धिताललाई बोलाइएको थियो ।
धितालको सहयोगमा भैँसीले दुई टाउका भएको पाडो जन्माए पनि पाडो भने बच्न नसकेको बसौलाले बताए । पाडोको घाँटीबाट दुईवटा टाउका छुट्टिएका छन् । शरीर सामान्य भए पनि पुच्छर दुईवटा छन् ।

पशु प्राविधिक धितालले आफ्नो जागिरको अनुभवमा दुई वटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक जन्मेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us