मोदी आउने सडक छिटो बनाउन निर्देशन

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते १३:५१ मा प्रकाशित

modiमहोत्तरी, १७ कात्तिक– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्गबाट जनकपुर आउने भएपछि जीर्ण जलेश्वर–जनकपुर सडकखण्डको मर्मत छिट्टै हुने भएको छ । गृहसचिव सूर्यप्रसाद सिलवालसहित सुरक्षा निकायका प्रमुखले सोमबार उक्त सडकको सोमबार स्थलगत निरीक्षण गरेको छ ।
टोलीले भारतको सीतामढीसँग सिमाना जोडिएको भिठ्ठामोडमा पुगी त्यहाँको सडक र सुरक्षाबारे सीमामा खटेका भारतीय सुरक्षाकर्मीसँग जानकारीसमेत लिएको थियो ।

गृहसचिव सिलवालले सडक तत्काल मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय मुजेलिया र शान्ति सुरक्षा बहाल गर्न महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई निर्देशन दिएका छन् ।

आगामी मंसिर १० र ११ गते हुने अठारौँ सार्क शिखर सम्मेलनमा सहभागी हुन मोदी पटना हुँदै जनकपुर स्थलमार्गबाट आउने तय भएको छ ।

कार्यालय प्रमुखलाई निर्देशन
गृहसचिव सिवलालले बजेट फ्रिज गराउने कार्यालय प्रमुखको अभिलेख राखी कारबाही गरिने बताए ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सोमबार कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले  सेवाग्राहीको कामकारबाही छिटोछरितो गर्न निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us