संस्थापनलाई अवैध घोषणा गर्दै भट्टराई पक्षद्वारा नयाँ समिति घोषणा

काठमाण्डु टुडे २०७१ कार्तिक १६ गते १३:२७ मा प्रकाशित

prachanda-baburamनुवाकोट, १६ कात्तिक– एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले नुवाकोटमा समानान्तर कमिटी विस्तार गरेको छ ।

भट्टराई पक्षले आइतबार राजकुमार रेग्मीको अध्यक्षतामा ६ सदस्य पछि थप्ने गरी ६१ सदस्यीय विशेष जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

आफूहरुको सचिवालय बैठकले संस्थापन पक्षको जिल्ला समिति विघटन गरी अध्यक्ष हिरानाथ खतिवडा, उपाध्यक्ष मुकु्न्द पौडेल र सचिव पुष्प लामिछानेलाई पार्टी हितविपरीत गतिविधि गरेकाले साधारण सदस्य समेतबाट निलम्बन गरिएको भट्टराई पक्षीय नेता नवराज ढुंगानाले बताए  ।

पार्टी हितविपरित कार्य गरेको तथा विचारको बहस र छलफललाइ निषेध गरी कार्यकतामाथि स्टालिनशैलीले दमनमा उत्रिएको पार्टी एकता र रुपान्तरण विरोधी हरकत गर्दर्ै हिंकडेकाले उनीहरुलाई सबै जिम्मेवारीवाट अनिश्चितकालका लागि निलम्बन गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार जिल्लामा पार्टी हितविपरीत गतिविधि गर्न उत्प्रेरित गरेको भन्दै पोलिट्ब्युरो सदस्यद्वय नारायण दाहाल र हितबहादुर तामाङ तथा केन्द्रीय सदस्य विमला सुवेदीलाई कारबाहीका लागि पार्टी केन्द्रमा लिखित आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । केही दिनअघि दाहाल र तामाङको उपस्थितिमा विदुरमा बसेको जिल्ला समिति बैठकले जिल्ला सदस्यहरु रेग्मी र ढुंगानाका साथै गणेश अधिकारी, गोकर्णनाथ न्यौपाने र रजमान तामाङलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।

भट्टराई पक्षले कारबाही अस्वीकार गर्दै आएको छ । ‘जिल्ला पार्टीभित्र गम्भीर प्रकारका समस्याहरु पैदा भएकोले त्यसलाई हल गर्न मौजुदा जिल्ला संगठन समिति विघटन गरी विशेष जिल्ला सम्मेलन आयोजना गर्न कमरेड राजकुमार रेग्मी ‘सन्देश’ को संयोजकत्वमा ६ सदस्य पछि थप गर्ने गरी ६१ सदस्यीय विशेष जिल्ला सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय गरियो ।’ बैठकपछि रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
को– को छन् जिल्ला सम्मेलन आयोजक समिति सदस्य ?
गणेश अधिकारी, विरेन्द्र श्रेष्ठ ‘अजय’, नवराज ढुंगाना ‘विज्ञान’, रजमान तामाङ, राजन बमरेल, किरण बोगटी, खिलप्रसाद दवाडी, केशव पुडासैनी, गोकर्ण न्यौपाने ‘गजेन्द्र’,
जयमान वाइवा , भिम ढकाल , कमल खतिवडा ‘मनिष’, शम्भु पनेरु , प्रल्हाद भुजेल ‘यात्री’ ,लालबहादुर तामाङ,  श्रीराम थापा, दिनेश तामाङ, श्यामलाल श्रेष्ठ, प्रकाश फुयाँल, हरि बजगाई, आरपी नेपाल, लक्ष्मण बर्देवा, गोपी पौडेल, गोकुल पुडासैनी, सरस्वती नेपाल, रामप्रसाद कडुवाल , प्रकाश पाण्डे, मानबहादुर तामाङ, हरिशरण डोटेल, ईश्वर मिश्र, इश्वर श्रेष्ठ, राजन पण्डित, प्रेमकुमारी तामाङ, विष्णु अधिकारी, पुष्कर सापकोटा , अनन्त घले , बमबहादुर तामाङ, लक्ष्मण तामाङ, सन्तलाल तामाङ, गोकर्ण अधिकारी, मेघबहादुर तामाङ, राजकुमार डंगोल, विष्णु न्यौपाने,  केदार पाण्डे,  राजन राई, रिता मल्ल, नरेश मल्ल, राजु मानन्धर, केशर सिटौला, पिमानसिं तामाङ, राजकुमार पण्डित, चुडामणि मोक्तान, निमा हेल्मो, यादव दाहाल ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us